Skip to content

हाम्रो देशको दुर्गति

LaluChhetriKokil


हाम्रो देशको दुर्गतिमा सरकार दोषी हो कि !
ठुला ठालुको चाकडी गर्ने कु-संस्कार दोषी हो कि !

चारैतिर आसेपासे उठ्बस गरेको देखिन्छ
त्यसता पात्र कैद गर्ने पत्रकार दोषी हो कि !

बिना शोषण, बिना लुट कुनै काम बन्ने हैन
सबैको मिष्ठान्न भोजन, भ्रष्ट्रचार दोषी हो कि!

जति चेतावनी दिए पनि सुध्रिंदैनन् कोही यहाँ
चेतना जगाउन अभिनय गर्ने कलाकार दोषी हो कि !

आफ्नो त विचार पोख्ने मात्र गजल माध्यम हो
सबै भन्छन “कोकिल” भन्ने गजलकार दोषी हो कि !

लालु क्षेत्री” कोकिल ”
भरतपुर महानगरपालिका-२५,नारायणी, शुक्रनगर
काठमाडौं-६, बाग्मतीनगर, सुबिधाबस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *