Skip to content

नलिने मन भए (बाल-गजल)


नलिने मन भए पाए जति फर्काऊ बाबू
कुरूप इतिहास चै सके जति मर्काऊ बाबु ।

भोलिका रवि हौ, आजैदेखि कम्मर कसेमा
सक्छौ तिमी जित्न, थोत्रा हूल हर्काऊ बाबु ।

देखाऊ आफ्नो मन लुकाउनु बन्दै पर्दैन
असत् मार्गलाइसकेसम्म थर्काऊ बाबु ।

भरौटे छन् धेरै तिम्रो बाटो छेक्न तम्तयार
विघ्नवाधा रोक्न सङ्कटहरू तर्काऊ बाबु ।

हेर काँधमा कत्रो जिम्मेवारी सुम्पिएको छ
युग उचाल्ने खालको आन्दोलन चर्काऊ बाबु ।

नन्दलाल आचार्य
तपेश्वरी–१,उदयपुर
मो. नं ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *