Skip to content

सैलुङ्गेमा चौँरी डुलाउनेलाई

  • by


माथि-माथि सैलुङेमा चौँरी डुलाउनेलाई
भन्दिनु है भन्दिनु मेरो सिउँदो खालि उनको……… । गीत जस्तै प्रसङ्ग र सन्दर्भ चौंरीकै हो ।

यतिबेला सङ्खुवासभाको उत्तरी क्षेत्रका शेर्पीनीहरू यो गीतँंगै चौंरी धपाउँदै उकालो उक्लीरहेका छन् । काँधमा खुर्पी, पछाडी डडेल्नामा धोक्राभरी चामल र च्याँख्लाको जोहो गरेर उनीहरू लेसो-लेसोको भाकामा चौंरी र भेडाको पछि-पछि लागीरहेकाछन् । स्थानीयरूपमा यसलाई बुकीजाने भनेर भनिन्छ । थाप्लोमा थेगीनसक्नुको भारी छ र पनि उनीहरू चौंरीसँग रमाइलो गरिरहेका छन् ।

सङ्खुवासभा मकालुका रहरबहादुर गुरूङ बुकी फुल्ने घाँसेचौर जाँदा लैजानु पर्ने सरदमको जोहो गर्न व्यस्त छन् । राडीपाखी र सातुसामलको छिमेकमा बन्दोबस्त भईसकेको छ । गोठलाहरूसँग बाटो र मौसमबारे सल्लाह गरीररहेका गुरूङ भन्छन-” यहि बैशाखमा साईत जुरेको छ । घरको सबै काम सकेर हिँड्नुछ ।”

प्रत्येक वर्ष फागुण्नको पहिलो सातादेखि जेठ अन्तिमसम्म सङ्खुवासभाको उत्तरी भेगका गाउँबस्तीबाट आ-आफ्ना बस्तुभाउसहित लेकाली खर्क जानेहरूको लर्को छ । गाउँमा हिउँदे खेतिपातिको मौसम सकिएको छ र अर्को मौसम सुरूहुन लागीरहेको छ । तर लेकमा कोदो रोप्ने फापर, जौ, जुनेलो छर्ने मौसम भएको छ । त्यो भ्याउन हतारीएकाछन् उनीहरू । मकालु, पावाखोला, हटिया, चेपुवा, पथिभराआदि ठाउँका धेरै किसान यतिबेला घरगोठका गाई,भँैंसी, भेडा र चौंरी लिएर लोकतिर उक्लने साईत जुराईसकेका छन् । यसरी चरन खोज्दै हिँड्ने गोठालाहरू वषर्ायामभरी याङ्ले खर्क, नै खर्क, जाँते, टासीगाउँमा याँ खर्क र काउले खर्कमा ओहोरदोहोर गरिरहन्छन् । तीन,चार महिनाका लागी खाने, बस्ने, सामान लान नसकेे बीचैमा फकर्नु पर्ने हुन्छ । त्यसैले चार महिना पुग्ने खाद्यान्न जोहो गर्न हामीलाई हम्मे-हम्मे पर्छ पावाखोलाका रमेश गुरूङ भन्नुहुन्छ ।

“बुकीको घाँस नखुवाए चौंरीको दुध आउँदैन, याकले भारी बोक्न सक्दैन, भेडा पोसिला हँुदैनन् भन्छन यस भेगका मानिसहरू । खर्कमा चरेका वस्तुभाउको दुःध बाक्लो हुन्छ । उनीहरू खर्क जानुलाई प्रतिष्ठासँग दाँज्छन । धेरै चौंरी र भेडा हुनेहरू मात्र खर्क उक्लिन्छन् । लेकमा चरेका बस्तुभाउ साँच्चै मोटा, चिल्ला र बलिया देखिन्छन् । यति राम्रा बस्तुभाउ देखेपछि आहा, क्या लायकका बुकीमा चरेजस्ता भन्ने लोककथन प्रचलनमा छ । नुमबाट बस्तुभाउ बुकी लैजाँदा आउने पहिलो विसौनी हो टाँसी गाउँ । अझै पनि त्यहाँको मन्दिरमा लालाबाला र वस्तुभाउलाई केही नहोस भनेर भाकल र पूजा गर्ने प्रचलन छ । त्यसपछि आउँछन ढकमक्क लेकाली फुलले ढाकिएका रङ्गीचङ्गी घाँसे मैदान । जता हेर्‍यो उतै बुकी फूल, गाईवस्तु, चौंरी र भँेडाका बथान । दिन काटेको पत्तै हुँदैन, जीवनमा धेरैपल्ट लेक उक्लिएका टासीछिरीङ शेर्पाले भने । गोठालाहरू धेरै थुम्का पार गरेर बुकी पुग्छन् । नजिकको खर्क पुग्न कम्तिमा चार दिन लाग्छ । टाढाको बुकीमा गाई, भैँसी लैजान सजिलो छैन । कतिपय अवस्थामा भेँडामात्र लगिन्छ । पहिलो पटक एउटै घरका हजारभन्दा बढी भेँडा र पचास साठी चौंरी बुकी गए रे भन्ने सुनिन्थ्यो । अहिले २ सय, ३ सय भेँडा लिएर जानेलाई समेत हैसीयतवाला भनिँदैन । पहिले बुकीमा वस्तुभाउ चराउन सम्बन्धित गाविसलाई कर तिर्नु पर्दथ्यो । मुखिया, जिम्मावाललाई तिरिन्थ्यो अव त्यस्तो छैन तर तिब्बतको रियुको खर्कमा लैजाँदा तिर्नु पर्ने रकम र घ्यू बुझाउनुपर्ने चलन अझै छ । हेदाङनाका टासी शेर्पाले भने आज भोली गाविसको साटो हामीले स्थानीय क्लवहरूलाई कर बुझाउने गरेका छौँ ।

बुकी जानु सधैँ सुखद हुँदैन । वस्तुभाउ वरूण नदीले बगाउने, खोलाको दलदलमा फस्ने, भिरबाट लडेर मर्ने, बाटोमा जङ्गली जनावरले झम्टने डर हुन्छ । हटियाका फाङदुङना भोटेले भने भालुले मान्छे मारेको चितुवाले गाईवस्तु र भेँडामाथि आक्रमण गरेका घटनाहरू यहाँ धेरै छन् । गाईवस्तु र भेडाबाख्रामाथि आक्रमण गरेर मारेको, घटना पनि छन् । लेकाली घाँसे मैदानमा पुगेपछि गोठालाहरू आसपासका ओडारहरूमा अस्थायी बास बनाउँछन् । पाल र स्याउलाले बारेर बनाईएका घरहरूमा समय गुर्जान गाह्रो पर्छ । केही अस्थायी गोठ र कटेराहरू समेत बनाईन्छ । गोठालाहरूको काम हुन्छ-साँझबिहान दुहुना गाईभैँसी, चौंरी र भेँडा दुहुनु, बाच्छाबाच्छी, पाडापाडी, पाठापाठी स्याहार्नु । बस्तुभाउ भने खुला आकाशमा रातदिन चरिरहन्छन् ।

खर्कमा तीन-चार घरका बस्तुभाउ र गोठाला सँगसँगै हुन्छन् । कोही बिरामी परे, खानपिन सकिएमात्र गाउँ र्झछन् । बीचमा चाडपर्व परे गाउँबाट चेलीबेटीहरू मिठोमसिनो बोकेर खर्क चढ्छन् । चेलीबेटीसहितको जमघटले यात्रामा अर्को रौनक थपिन्छ । जाडो मौसममा लेकमा जान सकिँदैन, लेकबाट उल्टै तल झर्नु पर्ने हुन्छ । त्यसैले यतिबेला बुकी जाने साईत जुर्छ ।

त्यसो त खेम्पालुङ जाँदाको जोहो सबै आफैँले गर्नुपर्छ । टासी गाउँ पारगरेपछि मानव वस्तिसँगको सम्पर्क टुट्छ । चराचुरूङ्गीको आवाज र बाटामा फाट्ट फुट्ट सुनिने गोठालाहरूको हाक्पारे गीतबाहेक कुनै आवाज कानमा पर्दैन । दिनभरी जङ्गल हिँडाईपछि खोङ्माडाँडासम्मको यात्रा पुरा हुन्छ । चैत्र-बैशाखको दिन बेस्सरी हावाहुरी चल्ने र तप-तप परेको पानीले राम्रोसँग निद्रा पनि पर्दैन । एकातीर भिजिने डर , अर्कातिर हावाले टेन्ट ,पाल उडाउने चिन्तामा नै रात बिताउछन यात्रीहरू । बाटोभरी भेटीने अनगिन्ति फुलहरूको सुगन्धले मानिसको स्वास्थ्यमा नकारात्मक असर त परिरहेकै हुन्छ । त्यसबाहेक यता पाईने जडिीबुटीहरू विखम्वा, पाखनबेद, विख, ठूलो ओखति, सुनपाति, भैरूङपतिको बासनाले मानिसको दिमाग लठ्याउने काम गरीरहेको हुन्छ । बाटैभरी ढकमक्क फुलेका चिमलका लाँलीमय रातो र सेतो लाँलीगु्राँससँगको यात्रा जिस्किदै हिँड्दा कतिपय यात्रीलाई त बाटो काटेको पत्तै हुँदैन ।

बेला-बेला चौंरीसँग पार गर्नुपर्ने वरूण नदी तीरको यात्रा नदीको शान्त छालसँगै लुकामारी खेल्दै हिँड्दा गोठालाहरूलाई समय गएको पत्तै हुँदैन् । खोला बढ्यो भने चौंरी तार्न सकिँदैन् भने बाच्छा-बाच्छि त झन तार्न सक्ने कुरै भएन । दुध भन्दा सेतो र स्वच्छ छाल छ वरूणको । यसरी नै वरूणबाट चौंरी तार्नेको लर्को कम्ति रमाइलो देखिँदैन । बाटामा भेटीने भेँडी-चौंरीगोठहरू, गोठमा शेर्पीनीहरू सेरगमबाट छुर्पी बनाईरहेको दृष्य सहरको भन्दा बेग्लै आनन्दको अनुभुति हुन्छ त्यहाँ । चिसो र सेपिलो खोल्साहरूमा लाग्ने खरी जुकाले खुट्टामा टोकेर बनाएको घाउ र बगेको रातो रगतको दृष्य र पनि परवाह हुँदैन । जुकाले टोके सुर्ती लगाउने गरीन्छ । यात्रामा एउटै डर हुन्छ लेक लाग्ने । लेक लागेपछि मान्छे मर्न पनि सक्छ । टेसाङ शेर्पा भनछन- बाटैभरी फुलको सुगन्धले मान्छेलाई मात लाग्छ । त्यसैले पनि यो लामो रोमाञ्चकारी यात्रमा निस्कनु अघि प्राथमिक उपचारका सामग्रीको जोहो गर्नु पर्ने हुन्छ । टेन्ट वा प्लाष्टिक सिट, पानी तताउने भाडा, प्रेसर कुकर, स्टोभ, मट्टीतेल, टर्चलाईट , लाईटर, सातु, सुक्खा खानेकुराहरू, न्यानो लुगाहरू, मङ्की क्याप, नुनपोके आदिको जोहो गर्नु पर्छ । चाँडो-चाँडो दर्गुर्ने हैन, विस्तारै गती बढाउनुपर्छ । एकछिन खालि पेट राख्नु हुँदैन, पर्याप्त मात्रामा तातो खानेकुरा खानुपर्छ । लेक लागे २० मिटरजती तलको होचो भूभागतिर र्फकन ढिला गर्नु हुँदैन । हेर्दा यात्रा सहज छ, तर तालमेल नमिलेमा त्यती नै जोखिम पनि छ । प्राकृतिक छटासँगैको बुकी र खेम्पालुङको रोमञ्चकारी यात्रा अनुभव गर्नेलाई मात्र थाहा हुन्छ ? तै पनि सुखभन्दा दुःखको अनुभुति मिठो हुन्छ भने झैँ यस्तो यात्रा बर्षेनी चलीनै रहेको छ । दुखको अनुभूति भएपनि चौंरीसँग रम्नेको सङ्ख्या भने बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *