Skip to content

नयाँ साल लाग्दा


सुस्वागत् यहाँमा नयाँ साल लाग्दा ।
नहोस् दुःख पीडा नयाँ साल लाग्दा ।।

हटुन् दम्भ सारा नयाँ सोच जागोस् ।
भरेँ शव्द भाका नयाँ साल लाग्दा ।।

मिलोस् शान्ति आई यही राज्यलाई ।
नहोस् घात ज्यादा नयाँ साल लाग्दा ।।

उठोस् हाँक्न माटो र इमान्दार आई ।
लिऊन् राज्य ताला नयाँ साल लाग्दा ।।

फलुन् धान कोदो मकै अन्न टन्न ।
नहोस् भोक प्यासा नयाँ साल लाग्दा ।।

फलाओस् न मीठा फलै आँकुरामा ।
लता वोट हाँगा नयाँ साल लाग्दा ।।

सुसंस्कार शिक्षा सिकाओस् युवामा ।
सिकुन् सभ्य गाना नयाँ साल लाग्दा ।।

दिउन् हर्ष वर्षा खिलोस् राष्ट्र हाँसो ।
नभै खिन्न दाता नयाँ साल लाग्दा ।।

बहरे मुतकारिब मुसम्मन सालिम
रुक्न : फऊलुन् × चार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *