Skip to content

हरेक नेपालीको मन


हरेक नेपालीको मन रोएको छ आज ।
आफ्नो आफन्तजन खोएको छ आज ।

रास र विलासमा बिताइएका जीवनहरू
महल छोडी त्रिपालमा सोएको छ आज ।

कैयौं ज्यान गुमे,सम्पत्तीको के कुरा भो
बलिन्धारा आँसुले तन,धोएको छ आज ।

हिजोसम्म शान्त हामी आएर दुर्गति भो
उधृएको धर्तीले लाज खोएको छ आज ।

बिपत्ती आखिर बाजा बजाई आउने रैन’छ
यही पीडाले “कोकिल”को मन छोएको छ आज । ।

लालु क्षेत्री “कोकिल ”
भरतपुर महानगरपालिका-२५,नारायणी,शुक्रनगर,चितवन
हाल-काठमाण्डौ -६,बागमतिनगर,सुबिधाबस्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *