Skip to content

मलाई म भएर बाँच्न देऊ


तिम्रो रिमोर्टले जति
नियन्त्रण गरे पनि,
मेरो रुपरङ्ग फेरिदैन,
अस्तित्व मेटिदैन,
मलाई अरु बनाउन सक्दैनौ,
म,म हुनकै लागि जन्मेकी हुँ,
म, म नै हुनेछु ।

मेरा चाहनालाई मारेर,
कस्तो माया गर्दैछौ,
मेरो सपनालाई टुक्र्याएर,
कस्तो सम्बन्ध बनाउदैछौ,
जति पिंजडा भित्र कैद गर्छौ,
उति क्रुर बन्नेछु,
बिष्फोट हुनेछु।

त्यसैले,
मलाई खुला आकाशमा उड्न देऊ,
निस्फिक्रि चरा जस्तै,
बिन्ती,
मलाई म भएर बाँच्न देऊ ।

शारदा खड्का
रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *