Skip to content

जस्लाई मैले सम्झिएथें


जस्लाई मैले सम्झिएथें सबैभन्दा माथि
आज ऊ नै भइदियो तितो बिगत साथी

फकाएर-झुक्काएर यसो गर्छु भन्दै,
आफू बनी बिगार्नलाई, गर्छन् नानाभाँती

आफूभन्दा बढी विश्वास, गर्छौ हामी जस्लाई,
उसैले नै धोका दिंदा पोल्दो रहेछ छाती

दोष कस्को कसुर कस्को आफन्त नै वैरी,
आज उन्कै कारणले, भयो औंसी राति

भयो अब कसैसँग, कुनै सम्बन्ध छैन,
यस्तो नाता हुनुभन्दा नभएकै जाती

जस्लाई मैले सम्झिएथें सबैभन्दा माथि
आज ऊ नै भइदियो, तितो बिगत साथी

हरि गौतम(अर्घाखाँची)
खनदह-३
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *