Skip to content

जे देख्छौ त्यही गर


जे देख्छौ त्यही गर आँखा सिकाउछ,
परिवर्तन हुनैपर्छ दुनियाँ सिकाउँछ

खटेर कमाउ या लुटेर कमाऊ पैसा,
उसले सबैलाई आफ्नो धन्दा सिकाउँछ

पसिना बेचेर थोरै खुसी किनेकी छु,
दुख कस्तो हुन्छ पसिना सिकाउँछ

मालिकले डक्टर बनाए छोरोलाई,
ऊ त कवि हो कविता सिकाउँछ

किन प्रश्न गर्छौ मेरो शृङ्गारपटारमा,
यस्तै यस्तै लगाउ जमाना सिकाउछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *