सबै जना पूर्वतिर फर्केर वाइट बोर्डमा ध्यान दिइरहेका थियौ । एउटै बेञ्चको देब्रे साईडमा मेरो बेस्टफ्रेण्ड सितेश कुलुङ । त्यसो भन्ने बित्तिकै म उसको राइट साइडमा नपर्ने कुरै भएन । Accountancy को Amalgamation हिसाब अङग्रेजी अङ्क र अक्षरमा परिणत हुँदै थियो ।
म अलि चञ्चल स्वभावको पशु, झ्यालबाट वसन्त दृष्य देखि लिएर स्त्री प्रजातिहरुको क्याम्पस आवत जावतसम्म हेर्न भ्याउँथे । साथी भने सधैं वाइट बोर्ड प्रेमी, बदलामा म अचम्म मानिदिन्थे । उसका दुई आँखाहरू बिचरा, कठैबरा कदापि देखिदैनथे बरु देथिन्थ्यो यूद्वमा तैनाख सीपाईका चनाखो आँखा जस्तै । चिल्लो अनि चिप्लो पल्टाईराखेको सेतो खाली पाना माथि लम्पसार सुताईराखेको कलम थकित झै देखिन्थे । हिटलरको जस्तो गुरुको आदेश सिरोपर गर्दै हामी बोर्डमा ध्यान दिइरहेका थियौ । हिसाब सकेर कत्ति खेर सार्नु भनेर हामी भने पर्खिरहेका थियौ (कोही हाई काट्दै, कोही एक आपसमा पेनले घोचाघोच गर्दै)।
हिसाब सकियो, सरको तर्फबाट सार्नु भन्ने आदेश मिले लगत्तै हामी सार्न तर्फ हतारियौ । लम्पसार थकित सितेशको कलम केही कम्पनले होला सायद सलल बग्दै भूईमा खस्यो । उसले केही प्रतिकृया दिएन, चुपचाप सेम पोजमा साबिककै स्थानतिर हेरिरह्यो ।
लगभग आधा मिनेटको आधा समय बितिसक्दा समेत साथीले हाठ्यार (कलम) टिपेन । हामी भने हतारमा “कोभन्दा को पहिले”को शैलीमा लेखिराथ्यौं ।
अनि म नै बाध्य भएर उसलाई पाखुरामा तीखो कलमको टुप्पोले घोच्दै लेख्न ईशारा गरेन । बदलामा ऊ झसँग भयो अनि अत्तालिन थाल्यो । उसले हेर्छ तर आफ्नो हातियार देख्दैन । ऊ बर्बराउन थाल्यो । अचम्म हुँदै मैले उसको कलम तर्फ इसारा लगाइदिए । उसले आफ्नो कलम टिपेर खुरुखरु लेख्न थाल्यो । कलास सकियो । तर मलाई अरु दिनकोभन्दा त्यो दिनको कलास अलि पृथक लाग्यो र लाग्दै फर्किराथे । साथीलाई कत्तिखेर मेरो कौतुहलता सोधु भनेर मौका हेर्दै थिए । उसलाई पिसाबले च्यापेछ क्यारे! ग्रुपबाट ब्याग भएर एउटा ढुङ्गामा छेलिदै उसले मुत्र त्याग गर्दै थियो । मैल सोचे यत्ति खेर उसलाई स्वर्गको अनुभूति हुदो हो । मेरो पनि समस्या त्यही थियो अनि उसलाई मैले पनि मूत्र त्याग कार्यक्रममा कम्पनी दिए । प्रसंगमा भने मैले–“ब्रो सच्चा मित्रता सँगैको मूत्र त्यागमा झल्किन्छ रे ।”
दुवै हामी हासियौ । लगत्तै मैले सोधे– “अघि तलाई के भा थियो?, लबमा छस हो?, कि तेत्ति गहिरेरै ध्यान दिइस?”
बडो साईको हुँदै उसले सत्यता मलाई भन्यो तर एउटा सर्तमा । सर्त थियो–मैले त्यो कुरा कसैलाई नभन्नुपर्ने रे अनि सर्तमा मैले नि सहमति जनाए । उसले लजालू पाराले शुरु गर्दै भन्यो – “खासमा मैले न ध्यान दिएको, नत म लब मै छु।”
ऊ फेरि रोक्कियो, सायद उसलाई अठ्यारो लाग्दो हो यत्तिखेर तर मैले मेरो जिज्ञासा पनि त मेटाउनु थियो । त्यसैले भन्नलाई जिद्दी गरे । उसले बाँकी कुरा जोडदै भने –“खा… स… मा खासमा अँ…… खासमा मलाई घोडे निद्रा छ, उठेरै निदाउने निद्रा, आँखा नचिम्लिकनै निदाउने निद्रा ।”
म अच्चम्मित भए, मूत्र त्याग कार्यक्रम समापनपश्चात पनि जिपरै नलाईकन ट्वाँ परिरहेको रहेछु । कौतुहलतामा झन कौतुहलता थिपिए जस्तो, सोध्ने कुरा अँझ बढेको जस्तो तर मुखको ढकन भने खुलाउन सकिन । बुखाच्य जस्तै ठिङ्ङ उभिरहेको रहेछु । सितेशले ‘मान्छे आयो, एट्लिस्ट जिपर त लगा’ भनेपछि झस्किदै जिपर स्वात्त ताने । फेरि प्रसंगमा उसले थप्यो – “होस गरेस बिस्तारै तान फेरि ख्याल ख्यालमा अपुतो होलास ।”
दुवै जोड जोडले हाँस्यौ अनि एक हातले जिपर मिलाउदै अर्को देब्रे हातहरू एकआपसमा ठोकाउदै चियर्स गर्यौ । अनि हिडाईको Speed प्लस गर्दै अगाडिको ग्रुपमा हाँस्दै हाँस्दै मिसियौ, , अरु साथीहरू भने हामी हाँसेको देखेर लाटाले पापा हेरे झै देखिन्थे । त्यसरी एक्लै एक्लै हासिरहदा कसै कसैले केके सोचे होलान तर अधिकांशले भने हामीलाई सेल्फिसको संज्ञा दिदो हो । हाँसो जस्तो अमूल्य चिज बाँड्न नपाकोमा भने म अलि दुखित थिए । तर अघिको सर्तले सियो, धागो बनेर मेरो मूख पूर्णरुपमा सिलाइसकेको थियो ।
लबिन्द्र कुलुङ
(पात्र वास्तविक तर कथा फेक)
भाइकाे कथा रमाइलाे लाग्याे ।
कथा पढेँ । राम्राे लाग्याे । निरन्तरताकाे खाँचाे छ ।