Skip to content


हावाको झोक्का भएर आयो
फैलाई दिए तन खुलाई दिए मन
म त्यही सुस्केरासँगै लहराए
त्यसरीनै चट्कै छोडेर गयो
म सुनसानमा एकोहोरो टोलाइरहे
त्यो एक्लो “बर” वा “पिपल” जस्तै ।

नत आउछु है भनेर सोधेको थियो ।
नत जान्छु है भनेर सोध्यो
चलायो,बहलायो गयो ।
बिल्कुल त्यही बर बिनाको चौतारी जस्तै भए !

आजभोलि आउँछन् कयौ यो मनको आप्रवासीहरू
विभिन्न भलाकुसारी गर्छन्
भेटिन्छन् छुट्टिन्छन् मिठा कुरा हुन्छन्
आजभोलि जीवनमा खास लाग्दैन् ।

त्यो उसको स्वत्रन्त्रभन्दा
आजभोलि आफ्नै स्वतन्त्र प्यारो छ ।
प्रत्येक चिजसँग प्रेम साट्न सकेको छु
छैन कुनै आशय
आउछन् बोकेर मित्रताको भारी
मेरा आसनमा भएको छ
उनीहरुलाई सितल छहारी

कहिले झुल्के घाम पर्खिएको हुन्छु ।
कहिले झम्के साँझ पर्खिएको हुन्छु
कहिले वर्षाद् कहिले हिउँद
यादहरुको पर्खाइमा नै बित्ने भयो
यो जिन्दगी ……

-नवराज योन्जन
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *