Skip to content


मेरो कथा खाली खाली वेदनामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध
रुँदा रुँदै हाँसिदिनु गाह्रो छ कि छैन
जली जली खाक हुने मैनबत्तीलाई सोध

बाँसुरी झैं चोट बोकी धेरै गीत गाँए
हाँसो वैरी हुँदा पनि आँशुलाई अंगाले
आकाशको जूनपनि काटिएको चंगा
मेरो आँखाबाट बग्छ जमुना र गंगा
मेरो कथा रित्तो रित्तो खण्डहरमा खोज
मेरो व्यथा तार चुँडेको सितारलाई सोध

न त फूल्छ न त झर्छ मेरो मनको फूल
वारि छदैं मच्चिएछ पारी पुग्ने पुल
जब सम्म बिझिदिन्छ सम्झनाको सियो
तब यहाँ निभिदिन्छ जिन्दगीको दियो
मेरो कथा सुन्य सुन्य मसानमा खोज
मेरो व्यथा टुटी झर्ने तारालाई सोध

शब्द – मनबहादुर मुखिया
स्वर – नारायण गोपाल
संगीत – शान्ति ठटाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *