Skip to content

सहमतिको विवाह राम्रो


मानिसको स्वभाविक प्रकृया भित्र पर्ने, जन्मेपछि नामाकरण, चूडा कर्म (कपाल मुण्डन), पाश्नी (नामाकरण), अन्नप्राशन, बर्तबन्ध, विवाह बाणप्रस्त (बनबास) त्यसपछि मृत्यु आदि कर्महरू हुन् । त्यस मध्यका महत्वपूर्ण कर्म विवाह हो । हुन त यसलाई हलुका रुपमा लिनेहरू पनि कम छैनन् । विवाह आउँछ जान्छ, भएन भने पुन गरिन्छ, खुट्टा भए जुत्ता कति कति भन्नेहरुको जमात ठूलै छ । यी कर्महरू आ-आफ्ने संस्कृति अनुसार गरिने प्रचलन भए पनि आजभोलि भागी विवाह (love marriage)ले प्रस्रय पाएको छ । जन्मेको दिन देखी मृत्यु अर्थात पृथ्वीमा आएको र छोडेसम्मको अवधी नै जीवन हो । मानव जीवन सुखमय वा दुःखमय बनाउन विवाहले ठूलो भूमिका खेल्दछ । अरु कर्महरू एकल हुन्छन् तर यो कर्म जोडी (युगल)मा हुन्छ, दुई फरक संस्कारका परिवारमा जोडिने हुँदा हलुका रुपमा लिनु र हेरिनु हुँदैन ।

जीवनको पूर्वार्धमा प्राय सम्मन्न हुने विवाह सबै कर्महरुभन्दा महत्वपूर्ण हुन्छ । यसका पछाडि इतिहास जोडिएको हुन्छ, कहिले कही समाजमा तहल्का मच्चाउन सक्छ र कहिले नैराश्यता पनि, (तत्कालीन राजा दीपेन्द्र) ! त्यसकारण पनि विवाह भनेको जीवनरुपी रथ सहजरुपमा चलाउन दुई सामान्तर पाँग्राको आवश्यकता हुन्छ जुन एक पाङ्ग्रा अर्को संस्कारबाट ल्याएर जोड्नु पर्ने भएकोले सुजबुझ, एकिन गर्नु जरुरी छ र जिम्मेवारी पूर्वक निर्वाह गर्नु पर्छ । यो कर्ममा सम्बन्ध मात्र जोडिएको हुँदैन दुई फरक प्रकारको संस्कार एक भएर बँश परम्पराको निरन्तरता समेत जोडिएको हुन्छ । सम्बन्ध जोडिनु मात्र भए ठीकै थियो तर सन्तान जन्मको कुरा तथा छोरा वा छोरीसम्मको प्रश्न सम्बन्धित छ । सुखी र खुशी हुन, जोडिएको सम्बन्ध पछि दुखी र छरपस्ट मात्र हैन आत्मा हत्या देखि लिएर जेल यात्रासम्मको उल्का निम्त्याउन सक्छ । तरले ठूलो रोल प्ले गरिरहको हुन्छ दुवै पक्षमा । वर बधु दुवै पक्ष बुझकी, चेतनशील र सहनशील छन् भने समस्या समाधान भएका छन् हुन्छन् तर कहिलेकाहीं अनमेल विवाह अर्थात आर्थिक सामाजिक शैक्षिक र शांस्सकृतिक विविधतामा जोडिन खोजिएकोमा घमण्डवाद (Egoism) हावी भएको कारण र जुन पक्षको वर्चस्व हुन्छ सोही अनुरुप निर्णय हुन्छ । २०४७ सालतिर एक हिन्दू केटाले एक मुस्लम केटीलाई मनपराएर भगाइ लगेको केस जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा जटिल समस्याको रुपमा रहेको थियो । कमजोर पक्षले सहनु पर्नेकुराहरू जोडिन्छ, त्यसिकारण मागी (Arrange marriage) छान्नु उचित हुन्छ ।

छोरा होस वा छोरी, विवाह गराइदिने उनका माता पिताको प्रथम कर्तव्य हुन्छ । तर आजभोलि मागी विवाह भन्दा, रोजी विवाह, जनवादी, छापाविवाह, बढी चलेको छ । जसको कारण पारपाचुके (छोडपत्र) पनि धेरै भएका छन् । यसमा कुरा नमिल्दा वा ढीपि गर्दा नै कहाली लाग्दा घट्ना भएका हामीबाट छुपेको छैन । हठले जीवन जोडिदैन तोडिन्छ र फुट्छ, चोइटिन्छ अनि टुक्रिन्छ । जीवनमा एक पटक हुने हो विवाह, छानेर रोजेर यकिन गरेर केही वर्ष कुरेरै भएनि बलियो,आफू योग्य र परिवारमा सहज मेलखाने प्रकारको हुनु पर्दछ । एउटा वा एउटीले मन पराएकै भरमा अन्तिम निर्णयलिनु वा मलाई त्यही केटा वा केटी चाहिन्छ भनेर लिडेढिपी गर्नु भनेको चाहिं पछि गएर ठूलो पछुतोमा पर्नु हुन सक्छ । मैले जे निर्णय गरे त्यही नै अन्तिम निर्णय हो र यसमा कतैबाट बाधा, अडचन आए मेरो लाशमात्र देख्नेछन् भन्नु चाहिं मुर्ख शिवाय केही होइन । मानिसको आयु नै कति हुन्छ र अब त असी वर्ष बाँच्न सके धन्न ! यस्तो एकल निर्णयले कसरी सफल जीवनको कल्पना गर्न सकिन्छ त ? मानव अधिकार कसरी हनन हुन्छ र ?

बर बधुले एक अर्कालाई मन पराउनु राम्रो कुरा हो, त्यो मनपराई भीत्र आफ्नो आधार लुकेको हुन्छ, आफ्नो परिवारको आस्था रहेको हुन्छ, समाजको दायित्व बसेको हुन्छ त्यसकारण यसकुरालाई पनि विचार्नु पर्दछ । आफ्नो रोजाइमा परिवारको सहमति र संस्कार भीत्र पर्यो भने त्यो सम्बन्ध दिगो एवं स्थायी बन्न सक्छ र बंश उज्यालो पार्न सक्छ पुस्तौ यस्तो पद्धतिले निरन्तरता पाउन सक्छ । यसो गर्न किन रोक्नु पर्छ ।

र कहाँ समस्या छ र ? अन्यथा बैकल्पिक उपाय, अर्को वर वा बधुको खोजी गर्नु राम्रो हुन्छ ।प्राय चलचित्रहरुमा देखाइने पिताको दुश्मनको छोरीसँग विवाहगरी घर ज्वाइ बस्नुभन्दा त निर्दोष र सामान्य परिवारको बधु विवाह गरेर माता पिताको सेवा गरी बस्नु राम्रो हो नि ? के फरक छ त ? खुशी त आफूले ल्याउने हो बनाउने हो आफै आउने होइन । विवाह पछि पाइने सुख अर्कै कुरा हो यो पाउन सकिन्छ तर दिगो हुदैन र मुख्य कुरा आनन्द र सन्तुष्टि मिल्दैन किनभने कहिन कही घरपरिवारको सहयोग र खुशी आवश्यक हुन्छ । सुसंस्कृति बुहारी आइन भने र उसलाई छोरीको हैसियतमा राखिइएमा सुखमय जीवन यापन हुन्छ । बर वा बधुको ठूलो हैसियत देखिने वित्तकै विवाह बन्धनमा बाँधिन हतार देखिन्छ आजभोलि । जति चाडो र हतारमा सम्बन्ध बन्छ उतिचाडो टुट्छ पनि । आश्चर्यको कुरा के लुकेको छ भने दुवै पक्ष चाहन्छन् आफ्नोभन्दा राम्रो कुटुम्ब पाइयोस् । भलाद्मी, पढेलेखेको, सकभर सरकारी, नभएनि कुनै पेशामा लागेको, जात, उमेर, स्तर मिल्दो, समाजिक प्रतिष्ठा भएको,सहयोगी आदि आदि । तर के सबैले वा अधिकत म त्यस्तो जोडी पाएका छन् ? बरले भने जस्तो बधु र बधुले भने जस्तो बर पाए ? पक्कै पाएनन, मानिसमा केही गुण त कमी भै हाल्छ । हो सर्व गुण सम्पन्न नभएनि बहुगुण सम्पन्न जोडी पाउने प्रयासरत रहनु पर्छ, दुवै जनाको तपस्या, भाग्य, मेहनत पनि हुन सक्छ । तर भाग्य त आफूले बनाउने हो । ठूला र स्तरीय मान्छे बनेका छने भने भाग्यले मात्र त हैन होला बोरु परीश्रम र ज्ञानका कारण हुन सक्छ जसमा पद र पैसा लुकेको छ । राम्रो वा राम्री केलाई भन्ने ? मानिसको गोरो छालालाई ? यो छाला त आँखालाई मात्र हो, केही दिनको बिरामी पछि यी छाला त कता हो कता, रुप नै बदलन्छ । लुक्ससँगै माया, मन र आत्मा राम्रो र सच्चा हुनुपर्छ दुवै जनाको ।

कतिपय छोरी मान्छेले देखावटी वा बनावटी मायाजालमा छोरामान्छेलाई पारेका छन् थोरै समय सगैं बसेर सम्पत्ति कुम्ल्याएर हिडेंका छन् त्योभन्दा बढी, छोरा मान्छे, छक्याउने खाल्का हुन्छन् । आर्थिक प्रलोभनमा यी दुवै जना फस्ने फसाउने काममा लागि परेका छन् । प्राय गरेर छोरी मान्छे १६/१७ देखी २२/२३सम्म अल्लारे बुद्धि देखिन्छ भने छोरा मान्छको २५/२८सम्म देखिएको छ । यस पछि भने केही अपवाद बाहेक बफादार भएर समाजमा केही स्थापित हुन खोजेको पाइन्छ । यी उमेरको वीचमा छानेर मागी विवाह अर्थात Arrange Marriage गर्न पाइयो भने राम्रो हुन्छ । यस्तो विवाहमा बाजा गाजा सहित जन्ती लान पाइन्छ । अँझ दुलहा – दुलाहको चीना टिपन नै हेरेर, मिल्यो भने मात्र टीका लगाउने कार्यक्रम वा औठी लगाइ दिने दिन तोक्नु राम्रो मानिन्छ र उपयुक्त सल्लाहा लिनु राम्रो हुन्छ । दिन तोकिएपछि तयारी कार्य वा लुगा-फाटा, गर-गहना आदि सरसमान जोड्न, पाइन्छ । एक प्रकारको खुशीयाली दुवै परिवारमा, छाइरहेको हुन्छ । पैसाको सरसापट, ऐचों, पैंचो देखि लिएर कामहरू सघाउने गरिन्छ भने सानातिना भोजहरू चलिरहेकै हुन्छ । पूर्वाङ्गका दिन देखी भने विषेश आफन्तहरू जोडिन थाल्छन् । विवाहको मुख्य दिन पुरोहित सहित दुलहाका पिता, नभए काका, वा नजिकका नाता कुटुम्ब सहित मान्यजन, आफन्त, छरछिमेक समेतको सहभागितामा रमाइलो गर्दै विभिन्न सवारीका साधनकासाथ (दुरी नजिक भए पैदलै) दुलही लिन गइन्छ । दुलहीको घरपुगेर विधीविधानका साथ मन्त्रोचारण सहित बरनी गरेरमाला औठी आदान प्रदान गरिन्छ दुलहा दुलही बीच ।स्तर अनुसारको जन्ती भोज खुवाइन्छ । एकातिर भोज चलिरहेको हुन्छ भने अर्कोतिर दुलहा दुलही जग्यमा शास्त्रानुसार काम भैरहेको हुन्छ ।गोडा धुने काम पनि यस्को बिषेश बिधी भित्र पर्दछ । छोरी पक्षकाले यथा सक्य नगद वा जिन्सी सामग्री खुशीयालीमा दान पनि गर्दछन् । एक प्रकारको पैचोंको काम भैरहेको हुन्छ । आफ्नो छोरीको विवाहमा आएकाहरुको विवाहमा अनिवार्य जानु पर्दछ । पछिकोमा जानेले केही थपेर जिन्सी वा नगद गोडधुवा दिने चलन छ । यो प्रथाले एकातिर केही आर्थिक सहयोगको काम हुन्छ, एकताको भावना अटुट रहन्छ भने अर्को तर्फ शंस्कृतिको निरन्तरता भैरहन्छ । आर्थिक व्यय केही भए पनि सख्यात्मकभन्दा गुणात्मक सम्बन्ध गाँस्न सफल हुन्छ । एक शिक्षित र बुझ्ने परिवारले सीमित व्यय भारका साथ सीमित सन्तान जन्माएर, शिक्षित र शुसंस्कृत, परिवारमा सम्कन्ध जोडेर देशलाइनै सवल बनाउन टेवा पुर्याउन सक्दछ । धेरै छोरा छोरी भए पढाउन वा गुणात्मक शिक्षा दिलाउन र जीविकोपार्जन लागि अँश दिन पनि समस्या आउँछ । गुणात्मक शिक्षा ग्रहण गरेको छैन भने योग्य हुदैन, योग्य जनशक्ति नभए उच्च पद पाइदैन, यशो नभए आकर्षक पारीश्रिक पाइदैन यस कारण जीवन स्तर पनि सामन्य नै बन्न पुग्दछ र यही नै जीवन चक्र घुमिरहेको हुन्छ । त्यसकारण पनि विवाहलाई हलुका रुपमा लिइनु हुदैन भन्ने हो ।

सफल विवाहले जीवन त माथि उठाउँछ नै साथ साथै बंशलाई विकाश गर्न र सफल जीवन बनाउन समेत सम्बन्ध बनाइरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *