Skip to content

साथी बन्छ कसरी?

साथी कसरी नबन्दा हुन् ? मन नमिल्ने मात्रै भेटिन्न, मन मिल्ने पनि भेटिन्छन्, मन नमिले मगजको एकरुपता चाहिन्छ । विचार नमिल्नेहरू भेटिएलान्, विचार मिल्नहरू पनि भेटिएलान् । अनि जसतसो साथीको नाता जोड्दै जान्छन् । केही साथी भन्छन्, केही साथी बन्छन्, केही फेसबुकमा साथीका रुपमा अड्किन्छन्, कोही त्यही फेसबुकबाटै चिनिन्छन् । साथी, साथी हुन्, केही टुट्छन्, सक्किगो ।

बोली, झोली सब मिल्ने मात्रै साथी हुोइनन् । रक्सी खाँदाका साथी लाई पनि साथी भनौँ । मुत्न जाँदा एक हुल केटाहरू स्कुलमा सँगैँ जानुलाई पनि साथी नै भनिदियौँ । बाटोमा हिँड्दा, बसको यात्रामा … यसो बोलियो, चिनजान भो, कुरो गरियो, साथी हुन् भनिएन तर एकै छिनको साथ मिल्यो, भयौँ साथी । हाँसोमा हाँसो मिलाइदिने पनि साथी नै हुन् । गलतलाई गलत भनिदिने पनि साथी नै हुन् ।

तर, जमाना के सही भन्नु? आफैँ सही हुन्नौँ, कसरी सन्सार सही हुँदो हो? पछार्ने, उचाल्ने अरु होइनन्, लद्दु त आफैँ भयौँ । आफ्ना लागि असल मनहरू खोज्न नसक्ने दोषी त आफैँ हौँ । कसैलाई नियाल्नु कला हो, बुझ्नु मनोविज्ञान जाँच्नु हो । साथी पनि चिन्नुपर्छ । मुख्य कुरो आफु नै कसैका लागि असल साथी भयौँ-भएनौँ बुझ्नै पर्ने हुन्छ ।

बुझ्नुहुन्छ, भने सबै साथी मानिदिनुस् । दुश्मन पनि साथी मानिदिनुहोस्, सबैलाई… नराम्रो केही छैनन्, सबै आफ्नैलागि भएका हुन्, सारमा साथी आफैँ बन्छन् । असल हुने कुरा आफ्नो मात्रै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *