लडाइँ गर्नु हुँदैन देशमाहा
लडाइँले क्षति पुग्छ राष्ट्रको विकासमा
ए दाजु भाइ हो माया गरूँ यो देशको
आफ्नो राष्ट्र जस्तो हुदैन अरुको
हाम्रो देश हेर नेपालमा
विकास गर्नु यही देशमा
दाजु भाइ र दिदी बहिनी
हाम्रो राष्ट्रको विकास गरुँ अँझ पनि
शोषक र सामन्तिको मुखमा झोसुँ
घुसखोरी,भष्ट्रचारीको कलम खोसुँ
ठुला र ठालो हामीले नमानु
लाग्दैन यिनलाई हेर त कानून?
जस्तै सुनको गास खान्छ
त्यस्ताको पारूँ हामी सर्वनास
सामन्तमाहा संघर्ष गरी
सामन्त मासु हामी राष्ट्रभरि
एउटा अफिसमा लाखौ लाख खान्छन
नेपाली जनताले साहे दुःख पाउछन्
अधिराज्यभरिका सामन्तिमाहा
जोगाउने काम नगरु हेर यिनीमा
जो छ भ्रष्टचारी अब हेर ताहाँ
जोगाउने काम नगरु यहाँ
जान्छन भ्रष्ट्रचारी हेर अफिसमा
नेता जोगाउछन् उसलाई ताँहा
पदको भरमा हाल्छ गोजीमा
लाग्दैन जनता उसको खोजीमा
जान्छन भ्रेष्ट्रचारी हेर त्यही कहाँ
राखेका छन् जनताले त्यही कुर्सीमा
नातावाद र कृपावाद नेपालमा
विगार्यो देश यस्तो गरेर ताहा
नातावाद कृपावाद जहिलेसम्म हुन्छ
तवसम्म नेपाल आमा सारो गरी रुन्छ
कर्मचारी गरिबको मुखमा हेरेछ
केही माग्न जाँदा जा भनेर खेदेछ
आफै छ भान्से त्यसै अफिसको
गरिबको मन फतक्क गलिगो
खान्छ खान्छ पेट पनि फुलायो
कलमले घुमायो सबैलाई भुलायो
हे हाकिमीहरू हो यो बानी छोड
विकासमा लागि अब केही गर
संरक्षण गरु आफ्नो राष्ट्रमाहा
नयाँ नेपाल बन्नु पर्छ हेकर आज यहाँ
विकास गरु आफ्नो देशको
नाम चलाउ आफ्नै राष्ट्रको
लेखबहादुर कार्की
उदयपुर