मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हो म हुतिहारा भएरै बाँच्न चाहन्छु
editor — Fri, 06/09/2017 - 03:27
हो म हुतिहारा
अनि
ऊ पौरखी मान्छे
भन्छ यो समाज
समाजको नजरले मलाई
हुतिहारा देख्दा
उसलाई
पौरखी म देख्दिन खै !
म कसैलाई हानी पुर्याउन सक्दिन
व्यक्ति, समाज न त राष्ट्रलाई
बस् आफ्नो कर्म गरेको छु
आफ्नो पसीना बेचेको छु
छाक टारेको छु
अनि म हुतिहारा ? समाजको नजरमा !
ऊजस्तो पौरखी बन्नु छैन मलाई
अकूत सम्पत्ती जम्मा पारेर
आलीशान महलमा
बेचैनको स्वाँस फेर्नु छैन मलाई
मेरो नजरमा ऊ पौरखी होइन !
ऊ भ्रष्ट हो, ऊ भ्रष्ट हो
आफ्नो नैतिकता र स्वाभिमान बेचेको
निर्लज्ज अपराधी !
समाज को कलंक !
सन्तानहरूको लागि नयाँ परिचय
"भ्रष्टचारीका " सन्तान !
कमाएको पौरखी हो ऊ !
वाह वाह वाह !
आत्माग्लानिले
शान्तिको स्वास फेर्न नसकेर
एक दिन ऊ पछुताउने छ
चिसो छिंडीमा
कुकर्मको प्रायश्चित्त गर्नको लागि
दिन पर्खेर बसेको
ऊजस्तो पौरखी मान्छे
अनि
राष्ट्रघाती बन्न सक्दिन म !
यो पागल समाजले भ्रष्टलाई पौरखी ठान्छ
अनि इमान्दारलाई हुतिहारा !
स्वीकार्य छ ! मेरो लागि "हुतिहारा" !
यस्तै हुतिहारा जीवनमा रमेको छु
हुतिहारा जीवन मैं शिर ठाडो पारेर हिडेको छु
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।
र म हुतिहारा भएरै बाँच्न चाहन्छु ।।
बाबुराम पन्थी " गुल्मेली"
तम्घास गुल्मी
- 1293 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 23 hours ago - सानो आग्रह गरे है सर
2 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 3 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 18 hours ago - appreciate
5 weeks 2 hours ago - आभार
5 weeks 21 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- दुई मुक्तक (हेर्दा हेर्दै फेरि तिहार)
- कहाँ छ देश ?
- सरकारसँग अनुरोध
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- माया लाउदा भन्नै पर्दो रहेछ येहा
- तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा
- नेता
- बाँच
- मालिनी
- चङ्गा
- ए वीर उठ
- दुई छाक भात पेटभरि खाका छैनन् हर्के दाइले
- अधुरो प्रेम
- कुकुर
- म आएँ तिम्रो आँगनमा
- दुःख पाइयो
- मूर्ख कालिदास विश्वप्रसिद्ध कवि बने
- गजल स्वर सम्राट यो धर्तीमा रहेनन्
- पर्खी बस्नु हिउँ झैं भै
- फूलै फूल मात्र पनि हैन रैछ जीवन
- चालीस पछिको प्रभावपरक समालोचना
- अब कहिल्यै भोग्नुनपरोस निरङ्कुसताका रातहरू
- नयाँ वर्षको शुभ कामना
- माया
- दिन ढल्यो अँधेरी रातमा
- एक–एक थोपाले (सहकारी गीत)
- सम्झना
- झुठो आश
- औंशीको रातलाई झिलमिल
Post new comment