यो शहरमा गाली नै गाली भो अचेल
बिना मेसोको ताली नै ताली भो अचेल
जसले जे गरे पनि मौन छ सरकार
गरिब जनता खालि नै खालि भो अचेल
पिचै पिच बनेको थियो सहरमा सडक
सडक बीचमा नालिनै नाली भो अचेल
कहिल्यै नमस्ते नगर्नेले गर्यो आज
एक भोटले मालिक नै मालिक भो अचेल
यो देशले जन्मायो वीर सपुतहरू
मरे जतिको शालिक नै शालिक भो अचेल ।
sujhab
last kaa 2 serharu chai kafiya namile ko jasto lagirahexa malai alik sudharera lekhne bani basallnus ramro lekhnu hunxa tapai.
dhanyabaad