छोडेर आएँ बसेको ठाउँ अशान्ति भएर ।
फर्केर आएँ आफ्नो नै गाउँ आनन्दी लिएर ।।
सहेर बस्न हुँदैन भन्दा टेरेन कसैले,
एक्लो नै बस्छु सहन्न म त आएको त्यसैले ।
स्वदेश नाउँ लिन नि हुन्न रिसले चिढेँ म,
नेपाली गाउँ रमाउँ जहीँ भन्दै नै हिँडे त ।
कुकुर जस्तो चाकरी गरी बसि नै रहने,
इमान सबै बेचेर कस्तो हाँसेरै सहने ।
श्रम को मूल्य छैन नि त्यहाँ त्यसैले छोडेको,
आफ्नो नै साथी श्रमिकसँग नाता जो तोडेको ।
सबैका माग ठाउँमा राख्दा पीडित बोलेन,
कस्तो यो खुन पानीले बन्या भुङ्ग्रोमा पोलेन ।
प्रगति पथ लम्कन्छु म त जसरी भए नि,
अन्याय कबै सहन्छु म त शरीर गए नि ।
लय ३+२ विश्राम ३+२ विश्राम ३+३ जम्मा १६ मात्रा
२०७३ असार २
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
[email protected]