Skip to content


कहिलेकाहीं घडीले घुम्न बिर्सन्छ
नाकले वास्ना लिन अनि
कानले सुन्न बिर्सिदिन्छ
मात्र आँखाहरू टुलुटुलु हेरिरहन्छन।

केही वस्तुहरू
मूर्तिझै लाग्ने केही मान्छेका टाउकाहरू
चलायमान एउटा मानव आकृति
केही बोलेजस्तो
केही देखाएजस्तो
वरपर चलिरहेछ!!!

घडीका काटाहरुमा
पक्षघात भएको छ
सकी-नसकी घुमेझै गर्छन
एउटा महत्वपूर्ण समयको प्रतिक्षामा
आँखाहरू घडीमा अडिरहेका छन्
केही छुटेजस्तो,
केही बिर्सिएजस्तो,
निरर्थक
एउटा समयको प्रतिक्षामा

मस्तिष्क शून्य शून्य भएको छ
समुद्रको छालजस्तै
केही आवाजहरुको झोका आउछ
र तुरुन्तै फर्कन्छ
मस्तिस्क केही सम्झन सक्दैन
या चाहदैन
शून्य समयमा हरायको
शून्य जिन्दगी
प्रतिक्षा गरिरहेछ,
एउटा गोधूलि साँझको
जहा रम्न सकिने छ
छुट्टै वातावरणमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *