Skip to content


प्यारो छ मेरो नेपाल
हिमाल छ शान गजुर
नाच्दछ डाँफे हिमाल
तराईमा नाच्छन् मयुर

पश्चिम देउडा बज्दछ
घन्किन्छ पूर्व सेलोले
गुन्जिने मैथली तराई
पहाडी भाका रैलाले

फेर्दछ खाष्टो पहाडले
हिँऊ त कैले गुँरासको
भण्डार हाम्रो अन्नको
सम्म फाँट नेपालको

मृग गैडा सिंह घोरल
खेल्छन एउटै आँगन
राष्ट्र बनाऊ सम्वृद्धी
छाडौं सहयोग माँगन

बुद्ध भूमि तपो भूमि
शान्ति संदेश जपेर
गर्वले छाती फुलाऔ
नेपाली हामी भनेर

बाबुराम पन्थी ” गुल्मेली”
तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *