Skip to content


(१)
भनन भनन नानी ! के गरी भो तयार ?
कति रससित राम्रो क्या मजा ! चट्ट क्या र ?
सकल मुख दुरुस्तै पार्न सक्ने अपार
कति चतुर कुरा यो जो छ तस्वीर सार ।।

(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ।।

(३)
सब जनकन यस्तै चित्रकारी कुनैले
बुरुशसित बनाए क्यार ! कल्पेर पैले ।
हृदयभर भएका रङ्न पाए विचार
कति कति दुनियाँमै गर्न सक्थें तयार ।।

(४)
जति जति यसलाई हेर्छ यो बन्छ सच्चा
अनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा ।
छिनभर यसभित्रै घुस्छु संसार पाई
जसतिर मनमौजी सौख मिल्छन् मलाई ।।

(५)
जब नजर लगाई जो पढेको सुनेर
मन मन म विचार्ने बन्छु ध्यानी बनेर ।
मुखहरू सब बोल्छन् बोल्दछन् चित्र सारा
रुखहरू सब फुल्दछन् पंख बोल्छन् हजाराँ ।।

(६)
हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर
तलतिर सबलाई बीच तस्वीर हेर ।
म त दिन दिन पढ्ने गर्छु त्यस्तै गरेर
कति कति दुनियाँमा चित्रका नै पसेर ।।

1 thought on “तस्वीर”

  1. सारै राम्रो । कताकता बाट आउछन
    सारै राम्रो । कताकता बाट आउछन यस्ता कविता मझेरीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *