Skip to content

“अनेसास आठौं काव्य गोष्ठी शृंखला” लस् एन्जलस् च्याप्टर


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यालिफोर्निया च्याप्टरले जुन २५, २०१७ आईतवार सॉँझ “अनेसास आठौं काव्य गोष्ठी शृंखला “अनेसास लसएन्जलस च्याप्टरका अध्यक्ष डन कार्कीको निवासमा सम्पन्न गरेको छ ।

सो काव्य गोष्ठीमा साहित्यकार महानन्द सापकोटालाई स्मरण गर्दै श्रष्टाहरुले आफ्नो रचनाहरू वाचन गरेका थिए।

अनेसास केन्द्रीय कोषाध्यक्ष शान्तिराम ढकाल, नेपाली धार्मिक कार्यक्रमका पूर्व प्रस्तोता साहित्यकार पुरुषोत्तम सापकोटा, साहित्यकार चुडा वसन्त लम्साल अनेसास लस एन्जलस च्याप्टरका उपाध्यक्ष सुशीला पाण्डे, उपाध्यक्ष तिलक कार्की,महासचिव प्रकाश चन्द्र घिमिरे,सचिव राम लामा आजीवन सदस्य रिता पौडेल समेतको काव्य प्रस्तुतिले कार्यक्रम रोचक भएको थियो ।

अनेसास आजीवन सदस्यहरू बलराम थापा,विष्णु पौडेल,तुलसा कार्की, विनोद भेटुवाल,हँस बहादुर विष्ट, मोतीसरा बिष्ट, पदम थापा,देवी वॉँस्कोटा लगायत साहित्य अनुरागीहरुको ऊपस्थितिमा सम्मपन्न कार्यक्रमको सभापतित्व डन कार्कीले गरेका थिए भने कार्यक्रमको संचालन प्रकाश घिमिरेले गरेका थिए ।

सो कार्यक्रममा मिठो रात्रि भोजको समेत आयोजना तुलसा कार्कीबाट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *