Skip to content

भानु सूर्योदयमा स्रष्टा सम्मान


आफ्नो निरन्तर शैक्षिक यात्राको दौरानमा सूर्योदय एजुकेशन फाउन्डेसन अन्तर्गत एस. ए. बी. पब्लिक स्कुलले भूपु उपप्रधानमन्त्री श्री प्रकाशमान सिंह तथा काठमाडौं महानगरपालिकाका मेयर मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर श्री हरिप्रभा खड्गीको विशिष्ट आतिथ्यमा दुई दशक बाट नेपाली साहित्य जगतमा विशेष योगदान पुर्याउने साहितियक ब्यक्तित्वको मूल्याङ्कन गर्दे गीताकेशरीलाई भानु सुर्योदय स्रष्टा सम्मान द्वारा सम्मानित गरिएको छ ।

भर्खरै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)२०७३ को नतिजामा सफल विद्यार्थी अभिभावक एवम् शिक्षकहरुलाई सम्मान तथा विदाई समारोह पनि उक्त कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुको सहभागीतामा साँस्कृतिक झलकहरु प्नि प्रस्तुत गरिएका थिए । सफल विद्यार्थीहरुलाई विद्यालय संस्थापकका अध्यक्ष लक्ष्यबहादुर के.सी तथा प्रमुख अतिथि प्रकाशमान सिंहले टीका, माला, खादा तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सर्वोउत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सौरभ चौधरी लाई नगद प्रदान गरेको छ भने अभिभावकहरुलाई बधाइका साथै सम्मान गरिएको थियो । साथै विषयगत उत्कृष्ट हाँसिल गर्ने विभिन्न विषयका शिक्षक शिक्षिकाहरुलाई पनि मेडल प्रमाणपत्र माला र खादाका साथ सम्मान गरियो । त्यसैरी विद्यालयका निर्देशक प्रेम वलीले सबैलाई स्वागत गर्दै एस. ए. बी स्कुललाई एउटा नमूना स्कुलको रुपमा चिनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *