Skip to content


मन अधीर छ उमेरको खेल झै
खेलिरहन्छ
मन जवानी बोकेर
आकांक्षा भरिन्छ मनभरि
इच्छाहरू तैरिन्छन
भरिन्छ आँखामा नसा
मदहोस मन
खोजिरहेछ आकृति
मांसल शरीर कि प्रतिमूर्ति
छरीयको बदन
लपेटेर सपनामा रमुँ झैं
तृष्णाका सुरम्यता मन भरी
भावना बोकेर बाँच्नु
नैराश्यता भित्र राखेर
अलोकिक जीवन
सुखद र दुखद स्थितिहरू
यो मन भोगिरहेछ
यो मुटु खोजिरहेछ्
तरंगका लहर तैरिरहेछ
तैरिनै रहेछ
अतृप्प कामनाहरुमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *