आँखाभरि आँसु बोकी पीडाहरू लुकाइरह्यौ
मुलको पानी सुके पनि आशाहरू फुकाइरह्यौ
मन दियौ तन दियौ बास दियौ मन लोकमा
उस्कै निम्ति आज तिम्ले स्वाभिमान चुकाइरह्यौ
मान्छे पनि ढुंगा जस्तो हुँदा छँदा देवता जस्तो
नहुदामा थिचोमिचो सदा शिर झुकाइरह्यौ
माया गरे खोट देख्छन् अर्कै माथि आँखा लाउछन्
फर्कने आशमा तिम्ले, सपनाहरू सुकाइरह्यौ
नजिकको तीर्थ हेला भयो टाढाको पुज्दा उस्ले
नाता जोड्न आज तिम्ले आफ्नै भाव रूकाइरह्यौ
प्रकाश खड्का
भक्तपुर, चाँगुनारायण नगरपालिका
हाल बोस्टन अमेरिका