Skip to content


एक पटकको कुरा हो सौन्दर्य र कुरुपता समुद्रको किनारमा भेट भए। अनि उनीहरूले एक अर्कालाई भने, “जाउँ समुद्रमा स्नान गरौ।”

त्यसपछि दुवै निर्बस्त्र भए र समुद्रमा पौडन शुरु गरे। केही बेर पछि कुरुपता पानीबाट बाहिरियो र सौन्दर्यको पहिरनमा सजिएर हिँड्दो भयो।

केही बेर पछि सौन्दर्य पनि पानीबाट बाहिरिइन, अनि आफ्ना बस्त्रहरू खोज्न थालिन्, अनि उनलाई निर्बस्त्र रहन लाज भयो र कुरूपताको बस्त्रले आफ्नो शरीर ढाकिन र अगाडि बढिन्।

अनि त्यसै बेलादेखि नर नारीहरू यस कुरामा झुक्किँदै आइरहेका छन्।

अँझै पनि त्यस्ता कोही छन् जसले सौन्दर्यको रुप देखेका छन, अनि उनको झुक्याउने पहिरनको बाबजुद उनलाई चिनेका छन। अनि त्यस्ता पनि छन् जसले कुरुपताको रुप चिनेका छन् अनि कुनै पनि पहिरनले उसलाई उसको नजरबाट लुकाउन सक्दैन।

सौराहाद्वार
२०७४ श्रावण ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *