Skip to content


काली होस् या गोरी होस् दिलवाली होस्
मेरै लागि त्यो मनको कुनाकुना खाली होस्

मान्दै नमानी मोरी मलाई नै सताउने
अलिअलि चञ्चले होस् अलिअलि जाली होस्

चिसो चिसो सिरेटोमा न्यानो आगो बन्ने
जिन्दगीको गोरेटोमा कहिलेकाही पानी होस्

कैले हँसाई कैले रुवाई मुटुमा बसाउने
सबैमा मिलनसार राम्रो आनीबानी होस्

धेरैधेरै वर्ष भो उनकै पर्खाईमा बसेको
यसपालीको भेटमा मेरी मनकी रानी होस्

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ मेची
हाल -धनगडी कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *