Skip to content

सरकार सुतला होइस्याछ (बाङ्गा कविता)


बस्नुस् न बस्नुस्
सरकार राती पार्टी गरेर ढिला सुतिस्याछ
खत्र्याक्क आवाज आयो
साहेत म्याम साहाब भर्खर उठिस्याछ
अपराह्न भए कि यहाँ
बदेल आउछ सुकुटी आउछ
व्हिस्की आउछ वाइन आउछ
थाह छैन त्यो कसले ल्याउँछ
सरकार त रातभरि सोमरसमा डुब्ने हो
दिनभर यस्तै ओछ्यानमा उग्ने हो
दश बज्नै लागेछ
अब त सरकार पक्कै उठिसिन्छ
एक आधा घण्टा सर सफाइमा जुटिसिन्छ
बस्नुस् न बस्नुस
पत्र पत्रिका हेर्नुस्
कालो चिया खानुस
मिलेछ भने भेटेर जानुस ।

आज सरकारको मुड राम्रै जस्तो छ
तपाईंको भेट पक्कै होला जस्तो छ
नत्र भन्नुस तपाईंको काम के कस्तो छ
दाम झर्ने काम भए म्यामसाहाबलाई पनिभन्दा हुन्छ
सरकारलाई भनी देउला नि पार्टीलाई नि चन्दा हुन्छ
तपाईं थाह नै छ नि
सरकार कति स्लो मोसनमा होइसिन्छ
मन लागे ओफिस गइसिन्छ
मन नलागे दिनभर यतै होइसिन्छ
फास्ट ट्रयाकमा त काम म्याम साहाबले गर्ने हो
त्यसको लागि लागि पैसोकै भर पर्ने हो
सरकार त
कहिले भेटघाटमा पनि आउनु हुन्न
उस्तै परे तपाईंले आज दर्शन पाउनु हुन्न
सरकार त जति खेर पनि तान्ने हो
व्हिस्की बिएर जे आउछ हान्ने हो
तपाईं पत्रकार भए झन भेटै पाउनु हुन्न
कमेराको अघि त अब आउँदै आउनु हुन्न
बस्नुस् न बस्नुस्
सरकार भर्खर उठिस्या जस्तो छ
म बुझेर आउछु
आज उहालाई के कस्तो छ ।
भन्नुस न भन्नुस
खास के कामले आउनु भाको हो
यती बिहान किन दुस्ख पाउनु भाको हो
राज दुत चक्कर हो कि
बढुवा खानेको टक्कर हो
के सरुवा पाको ठक्कर हो
दाम आउने काम भए मलाईभन्दा नि हुन्छ
म म्याम साहेबलाई बिन्ती चढाई दिम्ला
कुरो मिले तपाईंको काम अघि बढाई दिम्ला
सरकार त थाह छैन कति खेर उठिसिन्छ
तपाईं थाहै छ उहाको रिसको पारा
डिस्टब गरे उस्तै परे कुटीसिन्छ
देश पनि अहिले सरकार जस्तै सुत्याछ
मानौ देशले पनि उहासङ्गै सोमरस धुत्याछ
म त उहाकै मान्छे भन्न त न मिल्ने हो
देश उहाबाट चल्ला जस्तो छैन
तर यो कुरा कसैले भन्ने हैन
बस्नुस न बस्नुस
सरकार उठिस्यो भने भेटेर जानु होला
न भए एक दुई कप कालो चिया खानु होला ।

प्रेम ओली ढकलपुरे

1 thought on “सरकार सुतला होइस्याछ (बाङ्गा कविता)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *