माया त लाग्छ, सधैं र सबै, म जन्मेको ठाउँ
पश्चिम पर्यो, ओखलढुङ्गा, पूर्व माम्खा गाउँ
माथिल्लोतिर, गैरी सोलाघर, तल बेलभोटे बन
अँझै मन छ, त्यही ठाउँमा, जाँउ जस्तो मन
देउरालीको, त्यो सुन्दरता, बर-पीपलको जोडी
पाले बनको, गुँरास फूल, हिड्नु पर्यो छोडी
भँडारे डाँडा, त्यो जुकेपानी, गन्थन गर्दै छन्
विकासे तिनी, पुराना मान्छे, कहाँ गए भन्दै छन्
सर्कारी कुवा, पँधेरो ठुलो, भो होला अँधेरो
पानीको धारा, घरमा गयो, को जान्छ पँधेरो
हेमजंग कार्की
माम्खा १ ओखलढुंगा
(लोक झ्याउरे लयमा)