– चार पाँच छोरी जन्मिंदा पनि खुशी हुन नसकेका बा आमा छोरा जन्मिदा निकै खुशी हुन्छन् संसार नै जिते जस्तै विजय उत्सव मनाउँछ अविर जात्रा गर्छन् ।
– छोरो हुर्किदै जान्छ, बुझ्ने हुन्छ र आफ्नो अधिकार बा आमासँग खोज्न थाल्छ ।
– छोरालाई बा आमासँगको बसाई अपुरो लाग्छ र बिहे गर्छ ।
– सकेसम्म बा आमासँग छुट्टिएर बस्छ ।
– बा आमा वृद्ध हुन्छन् रोगी हुन्छन् र मर्छन् ।
– जन्मिंदा उत्सव मनाएको छोराले बा आमाको लाश सेलाउन नपाउँदै मुखमा आगो हाल्छ र जलाउँछ ।
– मानिसहरू धार्मिक परंपरा र वंश कायम रहेको ठान्छन् ।
✍