Skip to content

आफ्नै सेरोफेरोको एक बकपत्र


नामलाई प्रेम
मुलुकको प्रतिकूल अवस्थामा कहिले कसैबाट जोगिन त कहिले लहड चलेर ‘अक्षान्त’, ‘ललादन्न’, ‘नेत्र पीए’ जस्ता उपनामबाट समेत केही साहित्यिक र साहित्येत्तर लेख–रचना प्रकाशित गर्ने गरेको थिएँ । मूलत: म नन्दलाल आचार्य नामबाटै लेख्ने गर्छु । र, मेरो साहित्यिक पहिचान जे जति बनेको छ, यसै नामबाट बनेको छ ।

सुरुआतका दिनमा मलाई आफ्नै नाम पाङदुरे लाग्थ्यो । संसारमा ‘नन्दलाल’ नाम कसैको नहोला भन्ने लाग्थ्यो । यो नाम जुराउने काम हजुरबा पर्ने भवप्रसाद अधिकारीले गरेका हुन् । मेरो चिनामा नरेन्द्र प्रसाद भन्ने नाम लेखिएको छ । मेरो न्वारानको नाम नरहरि राखिएको रहेछ । परिवारका अन्य सदस्यहरू त माहिला/भुक्के/जतने/बिर्सुवा जस्ता नामले पुकार्छन् । तर, ठूल्दिदी भने अझै पनि ‘नरहरि’ भनेर नै बोलाउनुहुन्छ ।

उच्च शिक्षा हाँसिल गर्ने क्रममा २०४७ सालको अन्ततिरदेखि राजविराजमा बसाइ भयो । त्यस बेला ‘नन्दीलाल यादव’ नाम गरेका एक जना मित्र फेला परे । उसो त उदयपुरको बेलका नगरपालिका–२, बेलहा गाउँमा ‘नन्दीलाल चौधरी’ नाम गरेका मभन्दा जेठा दाइ थिए । एस.एल.सी. सम्म पढेर उनी गाउँमै थन्किए । त्यसैले मैले उनको नामलाई उत्ति महत्त्व दिइनँ । ‘नन्दीलाल यादव’ भने अहिले महेन्द्र बिन्देश्वरी क्याम्पस र राजविराज मोडेल क्याम्पसमा पढाउँछन् । सुरुआतकै दिनमा पनि उनी हुनेखाने परिवारका सदस्य गनिन्थे । शिक्षित परिवारका मानिन्थे । त्यसैले मैले उनलाई आफूभन्दा उच्च ठान्न थालेको थिएँ ।

गुगलमा सर्च गर्दा कैयौँ मान्छेको नाम ‘नन्दलाल’ भेटियो । भगवान कृष्णलाई पनि नन्दबाबाको लाल सम्झेर ‘नन्दलाल’ भनेको पाएँ । पछि आएर ‘नन्दलाल’ नामबाट स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा रचनाहरू प्रकाशन हुन थाले पछि भने यसै नामलाई प्रेम गर्न थालेँ ।

एउटा झुटो विवरण
मैले २०३०/०३/२८ ठोक्सिला–जहडा, उदयपुरमा पहिलो पटक आँखा खोलेँ । २०४८ सालमा नागरिकता बनाउँदा जिल्ला प्रशासन कार्यालय, उदयपुरमा एक जुँगे महानुभावले जन्म एक ठाउँमा र स्थायी बसोबास अर्को ठाउँमा हो भने बसाइसराइ– प्रमाणपत्र पेस नगरीकन नागरिकता पाइन्न भनेर उर्दी फिँजाए । कतिपय अनागरिकलाई नेपाली नागरिक बन्न नदिई बसाइ–सराइ लिएर आउने भनी घर फर्काए । आफू त परियो गाउँले सोचको मान्छे ! त्यसबेला बसाइ–सराइ कुन जन्तुको नाम हो, त्यो गर्न कसो गर्नुपर्ने हो केही पत्तो थिएन । त्यसैले फ्याट्टै स्थायी ठेगाना तपेश्वरी–१, गल्फडिया, उदयपुरमै जन्मेको हुँ भनेर भनेँ । त्यसैले मेरो फाइल अघि बढ्यो । मैले यस्तो विवरणको नागरिकता पाएँ । ना. नं. २९९३/जिल्ला प्रशासन कार्यालय, उदयपुर/प्रमाणपत्र दिने अधिकारी– डम्बरनारायण पाण्डेय (प्र.जि.अ.), दिइएको मिति– २०४८/०८/१२ ।

सुझबुझको अभावले एउटा सामान्य झुटो विवरण सरकारीकरण भयो । मेरो अहिलेको अस्थायी ठेगाना चाहिँ राजविराज–४, सप्तरी हो । पत्राचार गर्ने ठेगाना ‘लिटिल फ्लावर उच्च मा.वि., राजविराज–९, सप्तरी’ भनेर निक्कै काल लेखेँ । तर, जीवनसँग जुध्दाजुध्दै श्री जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा–४ मा पढाउन पुगिएको छ । त्यसैले अहिलेको पत्राचारको ठेगाना पनि कर्जन्हा नै हो । हुन त कसले पो पत्राचार गर्छ र ! श्री महावीर मावि, विषहरिया–४, सप्तरीमा कार्यरत् छँदा ‘आजको शिक्षा साप्ताहिक’ ले पत्रिका पठाउँथ्यो । सिरहा आएपछि पठाउनै छाड्यो । हुन त पत्रिकाको डिजिटल कपी (पीडीएफ फाइल) निरन्तर पठाइरहेकै छ । ल्यापटप र एन्ड्रोई मोवाइलमै पढेर चित्त बुझाउँछु । काठमाडौँबाट प्रधान–सम्पादक धीरकुमार श्रेष्ठले आफ्नो प्रकाशन ‘शब्दाङ्कुर’ साहित्यिक मासिक चाहिँ पठाउने गर्नुहुन्छ । पुस र माघ–२०७३ को शब्दाङ्कुर चैत्र १४ गते प्रधानाध्यापक लक्ष्मी हाईले मेरो हातमा थम्याउनु भएको थियो । त्यस पछि नयाँ ठेगानामा केही पनि पाएको छैन । बरू इमेल र फेसबुकहरूमा भने कसैकसैले पढ्ने कुरा पठाइरहन्छन् । लेखरचना आह्वान गरिरहन्छन् । कहिले काहीँ केही रचना पठाउने गरेको पनि छु । ‘शब्द–संयोजन’ मा प्रकाशन गरी सम्पादक सुमी लोहनीले चाहिँ स्वविवेकले पीडीएफ फाइल फेसबुकको इनबक्समार्फत पठाउनुभयो । आफ्नो रचना समेटिएको पत्रिका पाउँदा केही बेर भुइँमा खुट्टै रहेनन् । इमेल ठेगाना पठाएको थिएँ– शाल्मलि पत्रिका पनि पाइरहन्छु । २०७३ सालमा एउटा रचना पठाएको थिएँ, छापिदिएछन् । नयाँ पत्रिकामा रचना पाउँदाको आनन्द शब्दले व्यक्त गर्न सक्तिनँ । त्यसो त ‘स्रष्टा–दर्पण’ २०७४ बैशाख अङ्कमा सम्भवत मेरो सबैभन्दा लामो रचना प्रकाशन भएछ । फेसबुकबाटै पीडीएफ फाइल (डिजिटल कपी) पाएँ । अघोरै खुशी लाग्यो । मेरो सम्पर्क मो. नं. ९८४२८२९२०६ वा ९८१७७२९५६५ हो ।

सन्तानको नामाङ्कन

म हजुरबुबा भवानीशंकर आचार्यको नाति हुँ रे । हजुरबुबा र हजुरआमालाई देख्नै पाइएन । जन्मदिने बाआमासहित साहिँला बडाबा, जेठी फुपू र कान्छी फुपूलाई मात्र देखेको हुँ । मेरा माता/पिताको नाम भगवती/विष्णुप्रसाद आचार्य हो । मेरी जीवनसंगिनी लक्ष्मी रिजाल हुन् । हाम्रा गरिमा र गजल नाम गरेका दुई सन्तान छन् । गरिमाको नाम पुरोहित तोयानाथ सुवेदीले ‘वा’ बाट जुराएका थिए । नेपाली साहित्यकी चम्किली तारा वानीरा गिरीझैँ बनाउने मनसायले हत्त न पत्त छोरीको नाम ‘वानीरा आचार्य’ राखिहेरेँ । कसोकसो आफन्तजनले त्यस नामलाई पचाउन सकेनन् । त्यसैले नाम जुराउन परोक्षरूपले उहाँहरूलाई नै जिम्मा दिएँ । केही महिनासम्म पनि उहाँहरू असमर्थ हुनुभए पछि आफैँ गहिरो चिन्तनमा लागेँ । मेरो मनमस्तिष्कमा त्यसबेला ‘गरिमा’ साहित्यिक मासिक पत्रिका जति मूल्य अरू कसैको थिएन । त्यसप्रतिको प्रेमका कारण आफ्नी छोरीको नाम नै ‘गरिमा’ राखेँ । ऊ अहिले कक्षा–६ मा पढ्ने भइन् । जानी नजानी आधा दर्जन जति बालकविता प्रकाशन गराइसकेकी छिन् । कतिपय कविता मुखाग्र छन् । उनले आफ्ना कविता सुनाउँदा म लज्जित हुन्छु । किनभने आजसम्म मलाई आफ्ना रचनाको एक हरफ पनि कण्ठ छैन । मनमा आएको लेख्छु । र, लेखेपछि संशोधन गरेर प्रकाशन गराउँछु । के लेखेँ, विर्सी हाल्छु । विर्सी हाल्ने भएकाले पनि मलाई आफन्त अग्रजजनले ‘विर्सुवा’ भनेर गिज्याउँछन् । सानी छोरीको नाम न्वाराका पुरोहितले ‘नुनु’ राखेका थिए । त्यस नामलाई आजका मान्छेले पचाउने कुरै आएन । मैले पनि नयाँ नाम राख्न चाहिनँ । धेरै कालसम्म बेनामकै रूपमा रहँदा पनि मलाई नै नाम राख्न भनियो । मैले पनि सोचविचार नगरीकनै ‘गरिमा’ शब्दको ‘ग’ हटाएर ‘रिमा’ राखेँ । मैले लिटिल फ्लावर माविमा पढाउँदा ‘रिमा चौधरी’ नाम गरेकी साह्रै अनुशासित विद्यार्थी थिइन् । एस.एल.सी. परीक्षा दिए पछि उनी बोर्डिङ स्कुलमा नेपाली विषय पढाउन थालिन् । त्यस बोर्डिङ स्कूलका प्रिन्सिपलले रिमा चौधरी कुशल नेपाली शिक्षक रहिछन् भनेबाट पनि म प्रभावित भएको थिएँ । किनभने तिनलाई नेपाली विषय सिकाउने मान्छे म नै थिएँ । नजानेका कुरा विना हिच्किचाहट सोधिहाल्ने उनको बानी मलाई अति नै प्रिय लाग्थ्यो ।

खोक्रो आदर्शको ढोल

शैक्षिक योग्यताको हकमा मैले अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. गरेको छु । पछि शिक्षक हुन बी. एड गर्नैपर्ने बुझेपछि नेपाली विषयमै बी. एड. र एम.एड. सिद्धयाएँ । हुन त नेपाली विषयमा एम. ए. पनि सिद्धयाएकै हो तर काठमाडौंको पढाइ, राजविराजको प्राइभेट जागिर, देशमा बन्द–हडतालको महामारी, असी ठाउँमा सेनाको चेकजाँच, युद्धरत पक्षको कडा नीति आदिमा कारण अनुकूल अवस्था आएन । पढाइ–लेखाइ गन्तव्यमा पुर्याउन सकिएन । धेरै पछि आएर राजविराजको सरकारी क्याम्पसबाट अर्थशास्त्रमा एम. ए. र त्यस पछि कानुनमा एल. एल. बी. गर्ने जमर्को गरेँ । परीक्षा हलमा ‘गङ्गा बहती हैं’ को अवस्था देखेर मन मारेँ । वास्तवमा त्यसबेला म बढी नै आदर्शवादी भएको थिएँ । नगर्नु खर्च गरिसकेपछि आदर्शको स्वाङ रच्नु युग सुहाउँदो काम होइन । आदर्श पनि यथार्थको नजिक भए सुहाउँछ । प्राचीन कालका सन्त महाराजकोजस्तो आडम्बरी चाला देखाउँदा पछि परिने रहेछ । मेरो अन्तहृदयको ध्येय सधैँ कसैको चित्त नकुड्याऊँ भन्ने हुन्थ्यो । अरूले गरेका कामको जिम्मा आफ्नो टाउकोमा लिनु पर्दैनथ्यो । आफूले सही काम गरेर नतिजा हातमा लिन सकेको भए त्यो पुरुषार्थ कहलिन्थ्यो । किनभने शशिभूषण दत्तजस्ता सन्त विचार र कार्यकलापका सहकर्मीहरूले पनि चोरी चकारी नगरिकनै आफ्नै वलबुताले बी.एड., एल. एल. बी. गरेकै थिए ।

अचम्मको स्कूल

आई. ए. नसिद्धिदै महुली, सप्तरीका मित्रवर ईश्वरी काफ्लेको प्रेरणा र सहयोगले मैले राजविराजको गोल्डेन स्टार माविबाट शिक्षण जीवन सुरुआत गरेँ । त्यहाँ कक्षा–६ मा नै ‘बसाईं’ उपन्यास पढाउनु पथ्र्यो । त्यसभन्दा तल्ला र माथिल्ला कक्षामा पनि नेपाल सरकारले तोकेको पाठ्यक्रमका अतिरिक्त कलेजस्तरका मोटामोटा र गाह्रा उपन्यास, निबन्ध, कथा, नाटक/एकाङ्कीहरू नै पढाउनु पथ्र्यो । हरेक कक्षामा नेपाली विषय २०० पूर्णाङ्कको थियो । नेपाल सरकारले तोकेको पाठ्यक्रमअनुसार १०० पूर्णाङ्क र कलेजस्तरका विविध कृतिबाट १०० पूर्णाङ्कको पढाइ हुन्थ्यो । विद्यालय समय पनि विहानी सेवा र दिवा सेवा गरी विभक्त थियो । विहान ६ बजेदेखि ११ बजेसम्म ५ घण्टा निरन्तर पढाइ हुन्थ्यो । दिउसो १ बजे देखि ५ बजेसम्म ५ घण्टा निरन्तर पढाइ हुन्थ्यो । बीचको २ घण्टा टिफिनको लागि छुट्याइएको थियो । त्यस बखत विद्यार्थीहरू खाना खान घर जान्थे । र, दिवासेवाका लागि तयारी भएर आउँथे । दुबै सेवाका लागि बेग्लाबेग्लै शिक्षक थिए । हरेक शिक्षकले विद्यालयको सेवा सकिए पछि पनि १ घण्टा थप रहनुपथ्र्यो । त्यस बेला कक्षाकार्य/गृहकार्य निरीक्षण, पाठयोजना र शैक्षिक सामग्री निर्माणजस्ता कार्यहरू गर्नुपथ्र्यो । शिक्षकले दैनिक कार्य गरेका आधारमा तलव–भत्ता पाउँथे । त्यस बेला म दैनिक रू. ८०/– पाउँथेँ । शनिबार र अन्य विदाका दिन तलव–भत्ता पाइन्नथ्यो । शिक्षकले हरेक त्रैमासिक र वार्षिक परीक्षाको प्रश्नपत्रसहित वार्षिक कार्ययोजना शैक्षिक सत्रको सुरुआतमै विद्यालय प्रशासन समक्ष पेश गर्नुपथ्र्यो ।

स्नातक तहको परीक्षाका कारण विद्यालयकै सहमतिले गोल्डेन स्टार माविबाट अवकास लिएँ । त्यसपछि म लिटिल फ्लावर मावि, राजविराजमा कक्षा पाँचसम्म नेपाली विषय पढाउने शिक्षक भएँ । सुरुमा पठनपाठन पद्धतिमा आमूल परिवर्तन हुँदा हल्का महसुस भयो । यद्यपि धेरैकालसम्म खल्लो अनुभव गरिरहेँ । त्यस बेला लिटिल फ्लावर मावि, राजविराजमा मुरली झा, विनय गौतम, शशिभुषण दत्तहरूको हातमा प्रशासनिक कार्यकारिणी अधिकार थियो । संस्थापक प्रिन्सिपल डा. कामानन्द देवको कडा प्रशासनले कहिलेकाहीँ अत्याउँथ्यो । पछि अभ्यस्त हुँदै गइयो । धरै कुरा सिकियो र धेरै काल सिकाइयो पनि । पछि आएर आनन्द कुमार झा ‘अग्निहोत्री टुहुरे’लाई भाइस प्रिन्सिपल बनाइयो । त्यस बीचमा अर्जुन शर्मा नाम गरेका शिक्षक पनि भाइस प्रिन्सिपल भएका थिए । २०५८ को सेरो फेरोमा मलाई भाइस प्रिन्सिपलको जिम्मा दिइयो । २०६० मा त म प्रिन्सिपल नै बनाइएँ । सम्पूर्ण शैक्षिक प्रशासनिक कार्य मेरै टाउको आयो । नेपाली विषय पढेकालाई अङ्ग्रेजी स्कूल चलाउन भाषिक कठिनाई आउन थाल्यो । त्यस माथि नेपाली मातृभाषीलाई मैथिली भाषी अभिभावकहरूसँग सहकार्य गर्न सकस पर्न थाल्यो । विस्तारै मैथिली र अङ्ग्रेजी भाषाका जटिलताहरू फुक्तै गए । भाइस प्रिन्सिपलका रूपमा अङ्ग्रेजी विषयका शिक्षक अभित कुमार चौधरी नियुक्त भए । पछि सोही पदमा देवचरण चौधरी र त्यस पछि जयप्रकाश चौधरी सहकर्मीका रूपमा आए । त्यस बेलाको शैक्षिक र अन्य अनुभवको गाँठो यहाँ पुकाउनु उपयुक्त नहोला ।

मैले शिक्षासेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट छानिएर निमाशि, नेपाली विषय शिक्षकका रूपमा २०७१ भदौ २ गते नियुक्ति पाएँ । र, २०७१ भदौ ३ गते श्री महावीर मावि, विषहरिया–४, सप्तरीमा हाजिर हुने सौभाग्य पाएँ । त्यसबेला नि. प्रधानाध्यापक रवीन्द्र यादवले मलाई हाजिर गराएका थिए । पछि प्रधानाध्यापक अशोक कुमार यादवको समयमा पूर्वाञ्चल स्तरीय शिक्षासेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट छानिएर माशि, नेपाली विषय शिक्षक बन्ने अवसर मिल्यो । २०७३ माघ ११ गतेदेखि हालसम्म श्री जनसेवा मावि, कर्जन्हा गाउँपालिका–४, सिरहामा शिक्षणरत् छु ।

२०४७ सालको अन्त्यदेखि २०७४ सालको प्रारम्भसम्म राजविराज बसियो । राजविराज नगरपालिका–४, पोखरेल टोलमा सानो झुपडीसम्म जोड्न सकियो । २०७४ बैशाख ९ गतेदेखि आर्जेको झुपडी त्यत्तिकै छाडेर सपरिवार एक प्रकारले कर्जन्हा गाउँपालिका–४, सिरहा सरियो । एक जना कमाउने चार जना खाने गर्दा जीविकोपार्जन मात्र हुने ठानी लक्ष्मी कुमारीलाई शिक्षा सदनमा शिक्षकको रूपमा काम गर्न लगाएको छु । आफू पनि बैशााख १० गतेदेखि नै फुर्सदको समयमा शिक्षान्तर एकेडेमीमा शैक्षिक रूपान्तरको जग बसाल्न एकाध घण्टा समय दिने गरेको छु । यसो गर्दा भने जीवन धान्न सहज हुने ठानेको छु ।

संलग्नता/उपलब्धि :

म विशेषत: शिक्षण, पत्रकारिता र लेखन क्षेत्रमा बढी समय दिन्छु । मैले ‘सत्यसंयन्त्र’ साप्ताहिक र सत्यापनको ‘बालसंसार’ पत्रिकाको सल्लाहकार भई कार्यसम्पादन गरेको छु । अतिथि सम्पादकको रूपमा ‘शिक्षा–दीक्षा’ राष्ट्रिय मासिक र सम्पादक भई ‘मूलबाटो’ साहित्यिक इपत्रिका र ‘प्रयास’ इपत्रिका (ताइवान) को सम्पादन गर्ने अवसर पाएको छु । त्यसै गरी राजधानीबाट प्रकाशन हुने ‘जनमत’ र ‘शब्दाङ्कुर’ साहित्यिक मासिक पत्रिका एवं सगरमाथा साहित्य परिषद् र विश्व नेपाली साहित्य महासंघको आजीवन सदस्य पनि रहेको छु । त्यसै गरी सगरमाथा साहित्य परिषद्को कार्यसमितिको सचिव पदमा रही जिम्मेवारी समाल्दै आएको छु । त्यस्तै सगरमाथा अञ्चलबाट सल्लाहकार भई सगरमाथा अञ्चलस्तरीय विश्व नारी साहित्य संगठनको काम पनि हेर्ने गरेको छु । विश्व नेपाली साहित्य महासंघको विश्व कार्य समिति (२०१६–२०१९) को केन्द्रीय सदस्यमा समेत मनोनित भएको छु ।

२०५२ सालदेखि साहित्य (कविता, कथा, निबन्ध, समीक्षा/समालोचना र नाटक/एकाङ्की लेखन) क्षेत्रमा सक्रिय रहँदै आएको छु । मेरा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा बेलाबेलामा कविता, कथा, समालोचना, लेख/निबन्धहरू र थुप्रै नाटक/एकाङ्कीहरू प्रकाशित हुँदै आएका छन् । राजविराज, सप्तरीबाट प्रकाशित हुने सत्यापन, राजविराज टुडे (न्यूज टुडे), आजको वातावरण दैनिक, श्रीसत्यापन, जनक्रान्ति, कृष्णा दैनिक, सत्य–तथ्य, सूचना, सूचना दिग्दर्शन, सत्यसंयन्त्र साप्ताहिक, शिक्षा–दीक्षा मासिक जस्ता पत्रिकाहरूमा निरन्तररूपमा स्तम्भ लेखन तथा साहित्यिक एवं समसामयिक लेख तथा समाचारहरू प्रकाशित गर्दै आएको छु ।

साहित्यमा प्रथम

साहित्य लेखनमा २०५० अघि नै होमिए पनि २०५४ सालमा ‘कवि देवकोटा’ शीर्षकको छन्दोबद्ध बालकविता ‘सर्वश्री’ दैनिकमा प्रकाशन गराएर साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको हुँ । त्यसै गरी निबन्ध विधामा भने २०६२ सालमा ‘हडबडिएको मनका अक्षरहरू’ पत्रात्मक निबन्ध गाईघाटबाट प्रकाशन हुने ‘सन्ध्या’ द्वैमासिक साहित्यिक पत्रिकामा सर्वप्रथम प्रकाशन भएको हो । हाँस्यव्यङ्ग्य एकाङ्कीको हकमा ‘छलछाम छात्ते छ पार्टी’ शीर्षकमा ‘शब्दाङ्कुुर मासिक साहित्यिक पत्रिकामा सर्वप्रथम प्रकाशन भएको हो । नाटकको हकमा भने ‘प्रजातन्त्रका नवरसको सेरोफेरो’ नामको ‘सत्यापन’ साप्ताहिक, २०५४ सालमा सर्वप्रथम प्रकाशन भएको हो । समालोचना विधाअन्तर्गत ‘मधेश आन्दोलनले जन्माएको उपन्यास ‘घुर’ शीर्षकमा वर्ष : ३९ / पूर्णाङ्क : १३७ / असार–श्रावण : २०६५ अभिव्यक्ति मासिक पत्रिकामा प्रकाशित पहिलो रचना हो । हाँस्यव्यङ्ग्य गीत/ कविताका सन्दर्भमा ‘मधुपर्क’ साहित्यिक मासिकको हाँस्यव्यङ्ग्य विशेषाङ्कमा गीत र हाँस्यव्यङ्ग्य प्रधान ‘फित्कौली’ पत्रिकाको साउन, ०६५ मा ‘हेलो, हेलो’ शीर्षकको कविता प्रकाशित पहिला रचना हुन् । ‘राजनीतिमा साहित्यले पारेको प्रभाव’ शीर्षकको लेख ‘कोशी’ मासिकमा पत्रिकामा प्रकाशित भएको थियो ।

साहित्यिक, समाचारमूलक एवं वैचारिक पत्रिकाहरू गरिमा, मधुपर्क, र्मिमिरे, कलम, समष्टि, शब्दाङ्कुर, अभिव्यक्ति, जनमत, मुना, गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, नेपाल समाचार पत्र, राजधानी, कोशी, विमोचन, सन्ध्या, आँखा, रचना, दायित्व, शब्दसंयोजन, जनधोष, जनमत, फित्कौली, शब्दसंयोजन, जनादेश, प्रहरी, हिमाल, नागरिक, जनजिब्रो, क्षेप्यास्त्र, थाहा, शिक्षा–दीक्षा, प्रयास, मूलबाटोजस्ता स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक एवं वैचारिक पत्रिकामा समेत वेलावेलामा कविता, कथा, निबन्ध, नाटक, समीक्षा/समालोचना। लेख र एकाङ्कीहरू प्रकाशित भएका र भइरहेका छन् । मझेरी डट कम, पल्लव डट कम, समकालिन साहित्य डट कम, साहित्य घर, सिर्जना डट कम, इडीयु खबर डट कम, अनलाइन हाँसो डट कम, आजको शिक्षा डट कम, गाउँपालिका डट कम, डीसी नेपाल डट कम लगायत थुप्रै वेभसाइटहरूमा साहित्यिक रचनाहरू प्रकाशित भएका छन् ।

प्रकाशित/प्रकाशनोन्मुख कृतिहरू

मूलत: विधागत रूपमा एकाङ्की/नाटक, कविता, कथा, समीक्षा/समालोचना, उपन्यास, निबन्धजस्ता विधामा कलम चलाउँछु । आजसम्म ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ : (२०६७) नाटक/ एकाङ्की सङ्ग्रह मात्रै (प्रकाशक– लक्ष्मी रिजाल) प्रकाशन भएको छ । रचना समाविष्ट अन्य पुस्तकहरूमा ‘प्रगतिवादी एकाङ्की नाटक’ पुस्तकमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ शीर्षकको नाटक समाविष्ट (सं. खेम थपलिया, प्रकाशक– साझा प्रकाशन, ललितपुर) छ । त्यसै गरी ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लिमिटेड, पूर्णचण्डीमार्ग, जावलाखेल, ललितपुर, पोवनं. ३९१, फोन ५५४३२५२ बाट प्रकाशित ‘गरे शिक्षकले नै सक्छन्’ पुस्तिकामा लेख प्रकाशित छ । ऐरावती प्रकाशन, काठमाडौंले ‘प्यारो नेपाली’ कक्षा– ६ मा ‘साना गुरुहरू’ शीर्षकको एकाङ्की समावेश गरेको छ । ‘नन्दलाल आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन’ शीर्षकमा २०७० सालमा मौसम वञ्जराले शोधपत्र लेखेका छन् । त्यस अघि नै सप्तरी जिल्लामा बसेर साहित्य साधना गर्ने साधकका हैसियतले रामनारायण यादवले समेत आफ्नो शोधपत्रमा मेरो वारेमा दर्जनभन्दा बढी पृष्ठ लेखेका थिए ।

प्रकाशोन्मुख कृतिहरूमा ‘इच्छुक–बकपत्र’ (निबन्ध सङ्ग्रह तयारीमा), ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की तयारीमा), ‘गरिमा’ (कथासङ्ग्रह, तयारी हुँदै) र ‘गरुराहा’ (उपन्यास लेखन अन्तिम चरणमा) रहेका छन् ।

प्रकाशित अन्य केही रचना र विधा

(१) र्मिमिरे साहित्यिक मासिकमा–
–‘आगो निलेका अनुहारहरू’ कविता, पृष्ठ–६३, ( वर्ष–३५, अङ्क–१२, पूर्णाङ्क–२५९, ०६३ चैत्र, सम्पादक–विमला उपाध्याय)
–‘महाभूल’, कथा, पृष्ठ–८९, (वर्ष–३७, अङ्क–२, पूर्णाङ्क–२७३, २०६५ जेठ, सम्पादक– विमला उपाध्याय)
–‘उपद्रव शिरोमणिदेखि सचेत नागरिकसम्मको कथा’, कथा, पृष्ठ–६१, (वर्ष–३८, अङ्क–१, पूर्णाङ्क–२८४, २०६६ वैशाख, सम्पादक– ठाकुर शर्मा)
–‘चिल र चिलोरको कथा’ (कथा)
–‘दर्द’ एकाङ्कीनाटक, पृष्ठ–७४, (वर्ष–३८, अङ्क–७, पूर्णाङ्क–२९०, २०६६ कार्तिक, सम्पादक– चिरन्जीवी चापागाईं)
–‘एकता’ कथा, पृष्ठ–५२, (वर्ष–३८, अङ्क–१२, पूर्णाङ्क–२९५, २०६६ चैत्र, सम्पादक– ठाकुर शर्मा)
–‘रूपबहादुर विष्ट….’ लेख आदि ।

(२) जनमत साहित्यिक मासिकमा— प्रधान–सम्पादक– मोहन दुवाल
–‘पलाष्टिकको पोको’, लघुकथा, पृष्ठ– (वर्ष–२५, अङ्क– १, साहित्यिक अङ्क–१२७, २०६४ माघ)
–‘प्रगतिशील कथाहरूको संग्रह मध्यरातमा : एक विश्लेषण’, समालोचना, पृष्ठ– (वर्ष–२५, अङक–४, साहित्यिक अङ्क–१३०, २०६५ वैशाख)
–‘मणि कोइमी र जूनको आभा’, समालोचना, पृष्ठ– (वर्ष–२५, अङक–११, साहित्यिक अङ्क–१३६, २०६५ मङ्सिर)
–“अग्रगमन र पश्चगमन बीचको महाभारत : ‘आस्थाको अग्निपथ’मा” समालोचना, पृष्ठ– (वर्ष–२६, अङक–२, साहित्यिक अङ्क–१३९, २०६५ फल्गुन)
–‘संसार बिउँझाउने ठेक्का लिएका लेखबहादुरका कविताहरू’ समालोचना, पृष्ठ– (वर्ष–२७, अङक–३, साहित्यिक अङ्क–१५२, २०६६ चैत्र)
– टंक आले मगरको पुस्तक ‘कालो चायाँ’को समीक्षा आदि ।
(३) शब्दाङ्कुर साहित्यिक मासिकमा– (प्रधान सम्पादक– धीरकुमार श्रेष्ठ)
–‘छलछाम छात्ते छ पार्टी’ (एकाङ्की, वर्ष ६, अंक १०, पू. ७२ असोज ०६४ ),
–‘देश हराएको सूचना’, एकाङ्की, पृष्ठ–६, (वर्ष ७, अंक ३, पूर्णाङ्क ७५, पुस ०६४)
–‘महाभूल’, कथा, पृष्ठ–८, (वर्ष ७, अंक ६, पूर्णाङ्क ७८, चैत्र ०६४)
–‘आत्मकथ्य’ लेख, पृष्ठ–११, (वर्ष ७, अंक १२, पूर्णाङ्क ८४, असोज ०६५)
–‘कवि इन्द्रकुमार र उनको ‘म एकलव्य’, समालोचना, पृष्ठ–२१, (वर्ष ८, अंक ४, पूर्णाङ्क ८८, माघ ०६५)
–‘‘छापामारकी स्वास्नी’ कथाभित्र लुकेका जनसरोकारका पन्ध्र दृष्टि’, समालोचना, पृष्ठ–१९, (वर्ष ९, अंक ७, पूर्णाङ्क १०३, वैशाख, ०६७)
–‘पीडा एक : भाका अनेक’, एकांकी, पृष्ठ–१४, (वर्ष ९, अंक ११, पूर्णाङ्क १०७, भदौ, ०६७)
–‘मोवाइल गाथा’ (निबन्ध),
–‘लेखकको जन्म पाठक…’(समीक्षा),
–‘परलोकी दाजुको पत्र इहलोगी भाइलाई’ (निबन्ध, ०६९ असोज अङ्कमा
–‘नारायणगढमा पल्लव साहित्यिक कार्यक्रम’,
–‘कुरूपता’ एकांकी, २०७० साउन आदि ।

(४) रचना साहित्यिक पत्रिकामा– (प्रधान सम्पादक– रोचक घिमिरे)
–‘राष्ट्रिय झण्डा’ कविता, पृष्ठ– (वर्ष ४८, पूर्णाङ्क–९६, ०६५ बैशाख+जेठ),
–‘उदयपुरे कवि र कविता’ खोज/समीक्षा, पृष्ठ– (भदौ+असोज ०६९ आदि ।

(५) विमोचन पत्रिकामा– (प्रधान सम्पादक– राजेन्द्र उपचारक)
–गजल, पृष्ठ–३० (वर्ष २५, अङ्क–८, ०६३ पुस)
–कविताहरू आदि ।

(६) कोशी मासिकमा– (प्रधान सम्पादक– इन्द्र राउत)
–‘राजनीतिले जन्माएको साहित्यको प्रभाव’, लेख, पृष्ठ–३६, (वर्ष–२, अङ्क–७, बैशाख+जेठ ०६५)
–‘थोत्रे इतिहास र ऐश्वर्यविहीन शिर’, कविता, पृष्ठ–५४, (वर्ष–१, अङ्क–३, भदौ ०६६)
–‘भोको रातभित्र लुकेको क्रान्तिचेतना’, समीक्षा/लेख, पृष्ठ–५२, (वर्ष–२, अङ्क–१३, बैशाख ०६६)
–‘…महाभारत : ‘आस्थाको अग्निपथ’मा’, समीक्षा/लेख, पृष्ठ–५९, (वर्ष–२, अङ्क–११, माघ ०६५)
–‘न्यायलयमा सप्तकोशीको वयान’, कविता, पृष्ठ–६०, (वर्ष–२, अङ्क–८, असोज ०६५)
–‘साहित्य र सिर्जनामा मोफसल’, लेख, पृष्ठ–८०, (वर्ष–२, अङ्क–९, कार्तिक ०६५)
–‘चुनाव’, कविता, पृष्ठ–४१, (वर्ष–१, अङ्क–५, फागुन ०६४)
–‘नयाँ विहानी’, कविता, पृष्ठ–१९, (वर्ष–१, अङ्क–६, चैत्र ०६४)
–‘हामी’, कविता, पृष्ठ–४०, (वर्ष–१, अङ्क–४, माघ ०६४)
–‘गणतन्त्रका शिखर पुरुष रामराजा र बमकाण्डको स्पष्टोक्ति’, लेख, पृष्ठ–१०, (वर्ष–५, अङ्क–३, पूर्णाङ्क–४७ असोज ०६९)
–‘मन छने खालका गाउँघर जगाउने कविताहरू’, समीक्षा/लेख, पृष्ठ–५०, (वर्ष–१, अङ्क–९, पूर्णाङ्क–२२, चैत ०६६)
–‘राजनीतिमुक्त नै शैक्षिक समुन्नतिको खुट्किलो’, लेख, पृष्ठ–३२, (वर्ष–८, अङ्क–९, जेठ ०६९)
–‘यमराजको पत्र माओवादी नेतालाई’, लेख, पृष्ठ–३९, (वर्ष–४, अङ्क–५, माघ ०६८)
–‘नयाँ नेपाल…..’, समीक्षा/लेख, पृष्ठ–४१, (वर्ष–५, अङ्क–१०, पूर्णाङ्क–५४, असार ०७०)
–‘जनयुद्ध साहित्यको गतिलो दर्पण : रक्तमुच्छेल अंकुरण’, समीक्षा/लेख, पृष्ठ–५२, (वर्ष–३, अङ्क–८, पूर्णाङ्क–३०, मङ्सिर ०६७)
–‘बन्दुकको गोलीभन्दा जनमत बलशाली’, लेख, पृष्ठ–५०, (वर्ष–१, अङ्क–५, पूर्णाङ्क–१८, मङ्सिर ०६६)
–‘नाटकमा गणतान्त्रिक नेपालका समय स्वरहरू’, समीक्षा/लेख, पृष्ठ–४४, (वर्ष–४, अङ्क–३, पूर्णाङ्क–३७, मङ्सिर ०६८) रामविक्रम थापाले ‘युग उचाल्ने…’ बारे लेखेको समीक्षा भएको अङ्क

(७) आँखामा–
–नयाँ वर्ष (कविता, सोह्रौँ अंक)
–अभिभारा (कथा, वर्ष ४०, अंक १७, २०६५) आदि ।

(८) जनादेशमा कविताहरू तथा लेखहरू ।

(९) कलम पत्रिकामा
–“युग उचाल्ने अक्षरकर्मीका अवसान” (नाटक, ०६६ भदौमा) लगायत अन्य ।

(१०) मधुपर्र्क पत्रिकामा–
–‘निश्चय’ कविता, पृष्ठ–१०८, (वर्ष–३५, अङ्क–१०, पूर्णाङ्क–४०५, फागुन ०५९, सम्पादक–कपिल घिमिरे)
–‘गीत’, पृष्ठ–३५, (वर्ष–४०, अङ्क–१, पूर्णाङ्क–४५६, जेठ ०६४, हाँस्यव्यङ्ग्य विशेषाङ्क, सम्पादक–उद्धव उपाध्याय)
–‘देखेको, सोचेको र भनेको कुरा’, कविता, पृष्ठ–११६, (वर्ष–३६, अङ्क–४, पूर्णाङ्क–४१२, असोज ०६०, सम्पादक–कपिल घिमिरे)

–‘आधा मेरो आधा तिम्रो’ एकाङ्की, पृष्ठ–४३ (वर्ष–४१, अङ्क–१०, पूर्णाङ्क–४७७, फाल्गुन ०६५, सम्पादक–विजय चालिसे)
–‘गीत’ पृष्ठ–६३, (वर्ष ३१, अंक–७, पूर्णाङ्क–४५०, मङ्सिर ०६३, सम्पादक– )
–वादविवाद (एकाङ्की),
–‘मधेसमा वसन्त वहार’ निबन्ध, पृष्ठ–५०, (वर्ष–४५, अङ्क–८, पूर्णाङ्क–५२३, पुस ०६९, नि. सम्पादक–वसन्तप्रकाश उपाध्याय)
–‘नाटकमा विविधताको खोजी’ समीक्षा, पृष्ठ–५९–६०, (वर्ष–४५, अङ्क–६, पूर्णाङ्क–५२१, कार्तिक ०६९, नि. सम्पादक–वसन्तप्रकाश उपाध्याय) कृष्ण शाह ‘यात्री’द्वारा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान, बारे लिखित समीक्षा
–‘मुक्त’ एकाङ्की, २०७३

(११) गरिमा : पत्रिकामा–
“दाइजो शीर्षकको एकाङ्की (२०६५ फागुन अंकमा),
–२०६९ साउन असार नारी विशेषाङ्कमा ‘समय छैन’ शीर्षकको अनुवाद कविता प्रकाशित
–अन्य थुप्रै टिप्पणीहरू ।

(१२) फित्कौली पत्रिकामा कविता,
–लघुनिबन्ध (साउन, ०६५ मा ॐ विपरीताय नम:),
–(वर्ष ६, अङ्क ५, पूर्णाङ्क ३३, फाल्गुन, २०६८) मा ‘लेखकलाई अत्यन्त जरुरी सूचना’,
–०६९ माघ चौंतिसौं अंकमा लघुनिबन्ध ‘आखिर तेरो नाम के हो ?’
–‘जग्गा महात्म्य’–पू ३५
–‘हितको काममा चित्त’ पू. ३६ मा २०७० जेठ–असार आदि थुप्रै ।

१३) समष्टि पत्रिकामा–(कार्यकारी सम्पादक– कृष्ण धरावासी)
–‘खेल’ कविता, पृष्ठ–३७, (वर्ष–१९, अङ्क–३/६८, ०६६ जेठ–असार)

(१४) ज्योति पत्रिकामा– (प्रधान सम्पादक– विष्णुबहादुर सिंह, का.सं.– मातृका पोखरेल)
–कवि पुन्यको “बाघले घाँस खायो : एक विश्लेषण”, समीक्षा, पृष्ठ–८९, (वर्ष ५, पूर्णाङ्क–६, ०६५ असोज)
–अन्य केही रचनाहरू ।

(१५) सन्ध्या पत्रिकामा– सम्पादक– रोहित सिंह
–‘हडबडिएको मनका अक्षरहरू’ लेख/निबन्ध, पृष्ठ–८, (वर्ष २, अंक २, पूर्णाङ्क १२, कात्तिक, मंसिर, पौष, २०६२)

(१६) शब्दसंयोजन पत्रिकामा–( प्रधान सम्पादक– बासुदेव अधिकारी, कार्यकारी सम्पादक– आर.एम. डङ्गोल)
–‘सहर कथाको वस्तुवादी विश्लेषण’ समालोचना, पृष्ठ–३९, (वर्ष–६, अङ्क–१२, पूर्णाङ्क–७१, ०६६ चैत्र)
–‘एकता’ शीर्षकको एकाङ्की आदि ।

(१७) प्रहरी पत्रिकामा केही कविताहरू प्रकाशित ।

(१८) अभिव्यक्ति पत्रिकामा–
–‘मधेश आन्दोलनले जन्माएको उपन्यास ‘घुर’, समालोचना, वर्ष : ३९/पूर्णाङ्क : १३७/असार–श्रावण : २०६५
–नाम तिम्रो काम हाम्रो (एकाङ्की),
–कवि मातृका पोखरेल वारे,

१९. मुना पत्रिकामा
–पहिले(?) लोककथा, र
–अहिले ०६९ मङ्सिरमा ‘सीप’ शीर्षकको बालएकाङ्की

२०. शारदा पत्रिकामा–
– ‘बाटो नै पाएन’ कविता ।

२१. हिमाल खबरपत्रिकामा– (सम्पादक– किरण नेपाल)
–“कुरा मैथिलीको”, लेख, पृष्ठ– ५२, (वर्ष–२१, अङ्क–१४, पूर्णाङ्क–२९८, १–१५ मङ्सिर २०६८)

२२. जनजिब्रोमा २४ अङ्कदेखि विविध विषयका दर्जनौं लेखहरू,

२३. शिक्षक पत्रिकामा–
–०६८ पुस अंकमा ‘पिताको पत्र शिक्षकलाई’,
–चैत्रमा ‘दिमाख खाली छ, दिमाख खाली छैन’,
–असार ०६९ मा राजनीतियुक्तबाट मुक्ततिरको महायात्रा !, वर्ष ५, पूर्णाङ्क ५५, कात्तिक
–२०६९ मा ‘जिउन सजिलो पार्छ’ लेख पुरस्कृत आदि ।

२३.नागरिक दैनिक पत्रिकामा–
–(पूर्वेली संस्करण वर्ष १, अङ्क ३२, सोमबार १ जेठ, ०६९) ‘शिक्षामा राजनीतिको असर र भविष्य’,
–(१३ जेठमा) ‘भगजोगनीको उज्यालोपन’,
–जेठ १८, ०६९ मा ‘प्राविधिक शिक्षाको केन्द्र बन्दै राजविराज’,
–चार लघुकथा (२०६८ भदौ २ शनिबार),
–(पूर्वेली संस्करण वर्ष १, अङ्क १६१, विहीबार ४ असोज, ०६९) ‘सलाम ! रामराजा’,
–(वर्ष १ अङ्क १६९, १२ असोज)मा ‘तीन लघुकथा– नि:शुल्क नोकर्नी, वैष्णव र धन्दुकारी’,
–(वर्ष १ अङ्क २०९, २७ कात्तिक)मा ‘नेपाली राजनीतिका समस्या र निकास’,
–(वर्ष १ अङ्क २५७, १९ पुस)मा ‘नेपालको अर्थतन्त्रमा सहकारी’ आदि थुप्रै ।

२४. बालबगैंचा पत्रिकामा (सम्पादक– विजयराज आचार्य)
–‘मेलमिलाप’ (बालनाटक) आदि ।

२५.उत्प्रेरणा पत्रिकामा
–‘मोवाइल’ (बाल एकाङ्की) ।

२६.कामनामा एकाध कविताहरू ।

२८.प्रहरीमा एकाध कविताहरू ।

२९.चुहाडे स्मारिका पत्रिकामा– (सम्पादक– पुन्य कार्की)
–‘इतिहासमा उदयपुरे साहित्य’ खोज अनुसन्धान/समालोचना, पृष्ठ–१३०–११४, ०६९ माघ)

३०. पूर्वाञ्चल दर्पण पत्रिकामा– (सम्पादक– देवी पन्थी)
–‘नयाँ नेपालको….’ समीक्षा, पृष्ठ–३६, (वर्ष–१–६, अङ्क–६–७, पूर्णाङ्क–६७, असोज–कार्तिक ०६७)
–‘….नयाँ खोज’ लेख जस्ता थुप्रै रचनाहरू प्रकाशित ।

३१. कलेज टाइम्समा–
–‘प्राकृतिक वर्षा गराउने नयाँ खोज’
–‘शैक्षिक समृद्धिमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका’ लेख, पृष्ठ–५६, (वर्ष–५, अङ्क–५, असोज ०६७, सम्पादक– नवराज खतिवडा)
–गजल, कविता आदि ।,

३२. प्रयास ईपत्रिकामा–
–इतिहासमा उदयपुरे साहित्य,
–गगनवासीको पत्र धरावासीलाई पत्र’
लगायत दर्जनौं लेखरचनाहरू निरन्तर प्रकाशित ।

३३.अनाम मण्डल पत्रिकामा केही निबन्धहरू ।

३४. मूलबाटो मा–
–‘इच्छुक–बकपत्र’ निबन्ध अंक १, जुलाई २०१३
–अन्य अङ्कमा थुप्रै रचनाहरू प्रकाशित
३५. विश्व–दीप पत्रिकामा–(प्रधान सम्पादक– राजेन्द्र मिश्र)
–‘लोष्टो आर्जन’ कविता, पृष्ठ–२५, (वर्ष–१९, अङ्क–१९, ०५९ असार १३–१९, साप्ताहिक)

३६. अप्पन मिथिला मैथिली मासिक पत्रिकामा– (प्रधान सम्पादक– हृदयकान्त झा ‘मधुकर’)
–‘हम युद्ध नहि जित सकल छी’, कविता, पृष्ठ–३२, (वर्ष–१, अङ्क–७, ०६८ पुस–माघ, मासिक)

३७. संयोजन पत्रिकामा– (प्रधान सम्पादक– दिगु)
–‘गजल’ पृष्ठ–२, (वर्ष–१, अङ्क–१, ०६०, मासिक)

३८. पल्लव पत्रिकामा–(प्रधान सम्पादक– ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’)
–‘विलासी विश्व’ वाल–एकाङ्की, पृष्ठ–५९, (वर्ष–७, पूर्णाङ्क–१६, ०६८ भाद्र १३–१९, साप्ताहिक)

३९. कलम पत्रिकामा– (सम्पादक– ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, हिरामणि दु:खी, मित्रलाल पंज्ञानी)
–‘युग उचाल्ने अक्षरकर्मीको अवसान’, नाटक, पृष्ठ–१०४, (वर्ष–१७, अङ्क–१, पूर्णाङ्क–५०, असार २०६६)

४०. आँखा पत्रिकामा–(प्रधान सम्पादक– अमरकुमार प्रधान
–‘नयाँ वर्ष’ कविता, पृष्ठ–२७, १६ औं अङ्क, २०६४, दीपावली
–‘महाभूल’ कथा

४१. आदर्श लघु साहित्यिक पत्रिकामा– (सम्पादक–सुजन अधिकारी)
–‘छि : कस्तो गन्हाएको’ लघुकथा, पृष्ठ–१, (वर्ष–२, अङ्क– ४–५, पूर्णाङ्क–१७–१८, ०६० असोज–कार्तिक)
–अन्य
४२. रचना पत्रिकामा– (प्रधान सम्पादक– रोचक घिमिरे)
–‘उदयपुरे कवि र तिनका कविता’ खोज अनुसन्धान, पृष्ठ–६९, (वर्ष–५२, पूर्णाङ्क–११९, ०६९ असार, साउन)
–अन्य
४३. मझेरी डट कम वेभ पत्रिकामा– मझेरीमा मिति ०७० भदौ ०३ सम्म प्रकाशित रचनाहरूको नालिबेली– (सञ्चालक– कुमार सिंखडा)

(१) लघुकथा– बुधबार, ०७/२४/२०१३ मा प्रकाशित ‘भेटिएको छोरो’
(२) साहित्यिक समाचार– आइतबार, ०७/२१/२०१३ मा प्रकाशित ‘साहित्यको हरियाली राजधानी बन्दै राजविराज’
(३) अनुभूति/मनोन्यास– बुधबार, ०७/१४/२०१३ मा प्रकाशित ‘फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता’
(४) नाटक– सोमबार, ०७/०८/२०१३ मा प्रकाशित ‘दाइजो’
(५) हाँस्यव्यङ्ग्य– शनिबार, ०६/२९/२०१३ मा प्रकाशित ‘ॐ विपरीताय नम:’
(६) पुस्तक/कृतिसमीक्षा– शनिबार, ०६/२२/२०१३ मा प्रकाशित ‘भगजोगनीको उज्यालोमा मधेश’
(७) व्यक्तित्व समीक्षा– आइतबार, ०६/१६/२०१३ मा प्रकाशित ‘मुर्कुचीका शेर्पा र पडरियाका मियाँ : एकै मनका दुई मूर्ति’
(८) शैक्षिक समीक्षा–शनिबार, ०६/०८/२०१३ मा प्रकाशित ‘शिक्षक र शिक्षा वारेमा एकाध कुराहरू’
(९) पुस्तक/कृतिसमीक्षा– मङ्गलबार, ०६/०४/२०१३ मा प्रकाशित ‘यौन समस्या केन्द्रित म र काठमाडौं : एक अवलोकन’
(१०) हाँस्यव्यङ्ग्य– आइतबार, ०६/०२/२०१३ मा प्रकाशित ‘ॐ ठगठाग युगाय नम:’
(११) व्यक्तित्व समीक्षा– आइतबार, ०५/२६/२०१३ मा प्रकाशित ‘उदयपुरमा एक व्यक्तिभित्र पाँच मान्छे’
(१२) अनुभूति/मनोन्यास– शनिबार, ०५/१८/२०१३ मा प्रकाशित ‘देश हराउँदाको पीडा’
(१३) अनुभूति/मनोन्यास– शनिबार, ०५/११/२०१३ मा प्रकाशित ‘पाठकसँगको जम्काभेटमा भलाकुसारीे’
(१४) व्यक्तित्व समीक्षा– आइतबार, ०५/०५/२०१३ मा प्रकाशित ‘साहित्यका एक नशा–लेखबहादुर कार्की’
(१५) भाषा–साहित्य समीक्षा– शुक्रबार, ०५/०३/२०१३ मा प्रकाशित ‘भाषा–साहित्यमा उदयपुरको चर्चा’
(१६) पुस्तक/कृतिसमीक्षा–शनिबार, ०४/२७/२०१३ मा प्रकाशित ‘कथाकार मातृका कृत ‘कमरेड पाताल’ कथाको वस्तुवादी विश्लेषण’
(१७) हाँस्यव्यङ्ग्य– शनिबार, ०४/२०/२०१३ मा प्रकाशित ‘नगरपालिका जग्गा महात्म्य’
(१८) नाटक– शनिबार, ०४/१३/२०१३ मा प्रकाशित ‘देश हराएको सूचना’
(१९) सामाजिक कथा– शनिबार, ०४/०६/२०१३ मा प्रकाशित ‘क्रुर शासक विरुद्ध जिउँदा जनताको लडाइँ’
(२०) पत्रात्मक निबन्ध– आइतबार, ०३/२४/२०१३ मा प्रकाशित ‘जन्म र मृत्युको चक्रीय खेल वारे पाठकलाई पत्र’
(२१) पद्य कविता– आइतबार, ०३/१७/२०१३ मा प्रकाशित ‘चिठी’
(२२) हाँस्यव्यङ्ग्य– मङ्गलबार, ०३/१२/२०१३ मा प्रकाशित ‘लेखकलाई अत्यन्त जरुरी सूचना’
(२३) गद्य कविता– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘दिन आयो’
(२४) गजल– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘लोकको इच्छा इच्छै चल्ने’
(२५) गद्य कविता– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘न्यायालयमा सप्तकोशीको वयान’
(२६) वैयक्तिक निबन्ध– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘जन्मेपछि मर्नैपर्ने लेखकीय संसारका कुराहरू’
(२७) गद्य कविता– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘मन लाग्छ, लाग्दैन’
(२८) सामाजिक समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘कृष्ण सेन, उमा सिंह हुँदै टीका विष्टसम्मको पत्रकारिता’
(२९) पुस्तक/कृतिसमीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘मध्यरातमा गुञ्जेका जनयुद्धका आवाजहरू’
(३०) नाटक– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘छलछाम छात्ते छ पार्टी’
(३१) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘हामी’
(३२) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘म, म नै हुँ’
(३३) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘तिर्खा र प्यास’
(३४) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘सडकको गीत’
(३५) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘मान्छेहरू’
(३६) पत्रात्मक कथा– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘अन्तिम प्रेमपत्र’
(३७) व्यक्तित्व समीक्षा – सोमबार, ०२/२५/२०१३ मा प्रकाशित ‘युगिन यथार्थको प्रतिबिम्ब : जीवनयात्रामा’
(३८) पत्रात्मक निबन्ध– आइतबार, ०२/१७/२०१३ मा प्रकाशित ‘कमला दिदी’
(३९) पुस्तक/कृतिसमीक्षा– बिहीबार, ०२/१४/२०१३ मा प्रकाशित ‘डाइस्पोरिक चिन्तनमा ‘धेरै पछि’का गीतकार गगन’
(४०) पुस्तक/कृतिसमीक्षा– सोमबार, ०२/११/२०१३ मा प्रकाशित ‘‘हाम्रो सप्तरी’ले थालनी गरेको रूपान्तरणको अभियान’
(४१) पत्रात्मक निबन्ध– मङ्गलबार, ०१/२९/२०१३ मा प्रकाशित ‘प्रेम जीवन मात्र हैन मृत्यु पनि’
(४२) भाषा–साहित्य समीक्षा– आइतबार, ०१/२७/२०१३ मा प्रकाशित ‘सबैका लागि र सधैंका लागि त्रुटिरहित नेपाली लेखनका नियमहरू’
(४३) पुस्तक/कृतिसमीक्षा– आइतबार, ०१/२०/२०१३ मा प्रकाशित ‘‘छरिएका कविता’मा अभिव्यक्त देशप्रेम’
(४४) पत्रात्मक कथा– सोमबार, ०१/१४/२०१३ मा प्रकाशित ‘बाठा मच्छडहरू’
(४५) पत्रात्मक निबन्ध– शनिबार, १०/१२/२०१३ मा प्रकाशित ‘पत्र एक : प्रसङ्ग अनेक’
(४६) पत्रात्मक निबन्ध– आइतबार, ०१/०६/२०१३ मा प्रकाशित ‘दरिद्र मानसिकताको उपज’
(४७) पत्रात्मक कथा– बिहीबार, ०१/०३/२०१३ मा प्रकाशित ‘त्यो स्कूल’
(४८) आध्यात्मिक विश्लेषण– शानिबार, १२/२९/२०१२ मा प्रकाशित ‘सद्गुरु ओशो र साहित्यकार पुन्य कार्की’
(४९) गद्य कविता– सोमबार, १२/२४/२०१२ मा प्रकाशित ‘थोत्रे इतिहास र ऐश्वर्यविहीन शिर’
(५०) पुस्तक/कृतिसमीक्षा– बुधबार, १२/१९/२०१२ मा प्रकाशित ‘‘आमाको स्मृतिमा’ बनेको ‘सत्यपे्रमी’को आँसुको दह छिचोल्दा’
(५१) सङ्गीत/कलासमीक्षा – शनिबार, १२/१५/२०१२ मा प्रकाशित ‘जीवनमा कलाको आवश्यकता’
(५२) राष्ट्रिय कविता– मङ्गलबार, १२/११/२०१२ मा प्रकाशित ‘नौलो सिर्जना’
(५३) बालकथा– आइतबार, १२/०२/२०१२ मा प्रकाशित ‘एकले थुकी सुकी सयले थुकी नदी’
(५४) साहित्यिक छलफल– आइतबार, १२/०२/२०१२ मा प्रकाशित ‘वैज्ञानिक तुलोमा ओशो ध्यान, योग र प्रणायााम’
(५५) नाटक– आइतबार, १२/०२/२०१२ मा प्रकाशित ‘कुरुपता’
(५६) आधुनिक कथा– आइतबार, १२/०२/२०१२ मा प्रकाशित ‘मोहिनी’
(५७) भाषा/साहित्यसमीक्षा – आइतबार, १२/०२/२०१३ मा प्रकाशित ‘मैथिली र नेपाली भाषा वारे एकाध कुराहरू’
(५८) गजल– आइतबार, १२/०२/२०१२ मा प्रकाशित ‘बगिरहने खोला भइछ्यौ’
(५९) शैक्षिक समीक्षा– शनिबार, ११/२४/२०१२ मा प्रकाशित ‘वर्तमान शैक्षिक परिपाटीको शल्यक्रिया’
(६०) साहित्यिक खोजपत्र– आइतबार, ११/१८/२०१२ मा प्रकाशित ‘इतिहासमा उदयपुरे साहित्य’
(६१) साहित्यिक समाचार– आइतबार, ०९/०२/२०१२ मा प्रकाशित ‘गजलमय पल्लव साहित्यिक कार्यक्रम’
(६२) लघुकथा– सोमबार, ०८/२०/२०१२ मा प्रकाशित ‘बाँसको तामा’
(६३) लघुकथा– शनिबार, ०८/१८/२०१२ मा प्रकाशित ‘वनकाली’
(६४) व्यक्तित्व समीक्षा– सोमबार, ०८/१३/२०१२ मा प्रकाशित ‘मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि’
(६५) गद्य कविता– बिहीबार, ८०/०९/२०१२ मा प्रकाशित ‘बाटो नै पाएन’
(६६) पत्रात्मक निबन्ध– मङ्गलबार, ०८/०७/२०१२ मा प्रकाशित ‘दाइको व्यथा’
(६७) पुस्तक/कृतिसमीक्षा – बार, ०८/०२/२०१२ मा प्रकाशित ‘तर्साउने कृति ‘तन्द्रामा अमेरिका’’
(६८) संस्मरण– आइतबार, ०७/२९/२०१२ मा प्रकाशित ‘आधुनिक प्रविधिले सताउँदा’
(६९) व्यक्तित्व समीक्षा– आइतबार, ०७/२२/२०१२ मा प्रकाशित ‘ठूलो विचारले सुख जताततै’
(७०) पुस्तक/ कृतिसमीक्षा– शनिबार, ०७/२१/२०१२ मा प्रकाशित ‘‘सहर’ कथाको वस्तुवादी विश्लेषण’
(७१) व्यक्तित्व समीक्षा– आइतबार, ०७/१५/२०१२ मा प्रकाशित ‘रूपचन्द्रको महानताको नालीबेली’
(७२) व्यक्तित्व समीक्षा– बुधबार, ०७/११/२०१२ मा प्रकाशित ‘उदयपुरे कवि लेखबहादुर कार्कीको स्थान’
(७३) विचारात्मक निबन्ध– बुधबार, ०७/०४/२०१२ मा प्रकाशित ‘धनी नेपाल र हाम्रो मानसिकता’
(७४) शैक्षिक समीक्षा– शनिबार, ०६/३०/२०१२ मा प्रकाशित ‘शिक्षा क्षेत्रमा मण्टेश्वरी शिक्षण पद्धति’
(७५) पत्रात्मक निबन्ध– आइतबार, ०५/२०/२०१२ मा प्रकाशित ‘कथनी एक करणी अनेक’
(७६) शैक्षिक समीक्षा – बुधबार, ११/०७/२०१२ मा प्रकाशित ‘साक्षरता शिक्षाका आधारभूत पक्षहरू’
(७७) लघुकथा– आइतबार, ११/०४/२०१२ मा प्रकाशित ‘हावामा सर्टिफिकेट’
(७८) लघुकथा– बुधबार, १०/३१/२०१२ मा प्रकाशित ‘धन्दुकारी’
(७९) लघुकथा– आइतबार, १०/२८/२०१२ मा प्रकाशित ‘वैष्णव’
(८०) लघुकथा– शुक्रबार, ०१/२६/२०१२ मा प्रकाशित ‘नि:शुल्क नोकर्नी’
(८१) लघुकथा– बुधबार, १०/२४/२०१२ मा प्रकाशित ‘छ जना सहिद’
(८२) लघुकथा– मङ्गलबार, १०/१६/२०१२ मा प्रकाशित ‘अपाङ्ग प्रधानाध्यापक’
(८३) लघुकथा– शुक्रबार, १०/१२/२०१२ मा प्रकाशित ‘तामा खाने दुम्सी’
(८४) लघुकथा– मङ्गबार, १०/०९/२०१२ मा प्रकाशित ‘देउता’
(८५) लघुकथा– आइतबार, १०/०७/२०१२ मा प्रकाशित ‘बोर्डिङ्गे माष्टर’
(८६) लघुकथा– शुक्रबार, १०/०५/२०१२ मा प्रकाशित ‘नसिब’
(८७) पत्रात्मक निबन्ध– शनिबार, ०९/२९/२०१२ मा प्रकाशित ‘जीवनका गहिरा खत र दर्दहरू’
(८८) पुस्तक/कृतिसमीक्षा– सोमबार, ०९/२४/२०१२ मा प्रकाशित ‘नेपालीय मैथिलीको अर्को उपहार–भगजोगिन कविता सङ्ग्रह’
(८९) गजल– शनिबार, ०९/१५/२०१२ मा प्रकाशित ‘सेतो कपडामा दाग लागे’
(९०) पत्रात्मक निबन्ध– बुधबार, ०९/०५/२०१२ मा प्रकाशित ‘तँजस्तै म’
(९१) गद्य कविता– आइतबार, ०५/१३/२०१२ मा प्रकाशित ‘मृत्यु–रेखा’
(९२) पत्रात्मक निबन्ध– आइतबार, ०४/१५/२०१२ मा प्रकाशित ‘‘बेहुला बजार –मुर्दावाद’का लेखकलाई पत्र’
(९३) मैथिली रचना/निबन्ध– आइतबार, ०४/०८/२०१२ मा प्रकाशित ‘कमजोरी समाजक आओर शैक्षिक जगत्के !’
(९४) पत्रात्मक निबन्ध– शनिबार, ०३/३१/२०१२ मा प्रकाशित ‘अभिभावकको जिज्ञासा : प्रधानाध्यापकको जवाफ’
(९५) पुस्तक/कृतिसमीक्षा– बुधबार, ०३/२८/२०१२ मा प्रकाशित ‘‘भगजोगनी’की कवयित्री करुणालाई पत्र’
(९६) गद्य कविता– बिहीबार, ०३/२२/२०१२ मा प्रकाशित ‘मिस’
(९७) बाल–एकाङ्की– सोमबार, ०३/१९/२०१२ मा प्रकाशित ‘ट्वाइलेट–भूत’
(९८) गद्य कविता– मङ्गलबार, ०३/१३/२०१२ मा प्रकाशित ‘श्रद्धाञ्जली’
(९९) बाल–एकाङ्की– आइतबार, ०३/११/२०१२ मा प्रकाशित ‘टुक्के दिदी’
(१००) बाल–एकाङ्की– शनिबार, ०३/०३/२०१२ मा प्रकाशित ‘सीप’
(१०१) बाल–एकाङ्की– बुधबार, ०२/१५/२०१२ मा प्रकाशित ‘सानो संसार र होचा मान्छेहरू’
(१०२) बालगजल– आइतबार, ०२/१२/२०१२ मा प्रकाशित ‘नलिने भए पाए जति फर्काऊ’
(१०३) बाल–एकाङ्की– आइतबार, ०२/०५/२०१२ मा प्रकाशित ‘मोवाइल–गाथा’
(१०४) बाल–एकाङ्की– शनिबार, ०१/१४/२०१२ मा प्रकाशित ‘साना गुरुहरू’
(१०५) बाल–एकाङ्की– बुधबार, ०१/०४/२०१२ मा प्रकाशित ‘अभियान’
(१०६) पुस्तक/कृतिसमीक्षा– बिहीबार, १२/२९/२०११ मा प्रकाशित ‘कपि मातृका पोखरेलको ‘यात्राको एउटा दृष्य’ : एक विश्लेषण’
(१०७) आध्यात्मिक विश्लेषण– बिहीबार, १२/२९/२०११ मा प्रकाशित ‘कुरा धर्म र ओशोको’
(१०८) पुस्तक/कृतिसमीक्षा– आइतबार, १२/२५/२०११ मा प्रकाशित ‘‘के नेपाल भनसुनको देश’ नै हो त !’
(१०९) भाषा/साहित्य समीक्षा – शनिबार, १२/२४/२०११ मा प्रकाशित ‘कुरा मैथिलीको’
(११०) भावानात्मक निबन्ध– शनिबार, १२/२४/२०११ मा प्रकाशित ‘एक पिताको पत्र शिक्षकलाई’
(१११) भाषा/साहित्य समीक्षा– बुधबार, १२/२१/२०११ मा प्रकाशित ‘कथा साहित्यमा उदयपुरको मूल्याङ्कन’
(११२) भावानात्मक निबन्ध– आइतबार, १२/११/२०११ मा प्रकाशित ‘मधेशमा बसन्त बहार’
(११३) गद्य कविता– मङ्गलबार, १२/०६/२०११ मा प्रकाशित ‘महाकवि विरुद्ध उभिँदा’
(११४) मैथिली रचना/कविता– शनिबार, ११/२६/२०११ मा प्रकाशित ‘हम युद्ध नही जित सकल छी’
(११५) गद्य कविता– शनिबार, ११/०५/२०११ मा प्रकाशित ‘मैले युद्ध जितेको छैन’
(११६) गद्य कविता– सोमबार, ०७/१८/२०११ मा प्रकाशित ‘के सार्थक !’
(११७) बालकथा– आइतबार, ०७/०३/२०११ मा प्रकाशित ‘राष्ट्रिय एकता नै आजको आवश्यकता’
(११८) गद्य कविता– सोमबार, ०६/२७/२०११ मा प्रकाशित ‘घोर अन्याय’
(११९) पुस्तक/कृतिसमीक्षा– शनिबार, ०६/२५/२०११ मा प्रकाशित ‘‘मुक्तिसंघर्ष’को मैदानमा कवि राजेश विद्रोहीको परीक्षा’
(१२०) स्रष्टासँग कुराकानी, अङ्क–८– मङ्गलबार, ०४/१९/२०११ मा प्रकाशित ‘नन्दलाल आचार्यले रामविक्रम थापासँग लिएको अन्तरवार्ता’
(१२१) पुस्तक/कृतिसमीक्षा– शनिबार, ०९/२५/२०१० मा प्रकाशित ‘‘समयलाई सलाम’ भित्रका स्रष्टा धीरेन्द्र प्रेमर्षिको गजलकारिता’
(१२२) पुस्तक/कृतिसमीक्षा– शनिबार, ०९/१८/२०१० मा प्रकाशित ‘जनयुद्ध साहित्यको गतिलो दर्पण : रक्तमुच्छेल अङ्कुरण’
(१२३) पुस्तक/कृतिसमीक्षा– मङ्गलबार, ०९/१४/२०१० मा प्रकाशित ‘नयाँ नेपालको खोजी गर्ने कृति : कालो चायाँ’
(१२४) पुस्तक/कृतिसमीक्षा– आइतबार, ०८/२९/२०१० मा प्रकाशित ‘हँसाउनुभन्दा होस जगाउनु : विकृतिनाशक अस्त्र’
(१२५) गजल– सोमबार, ०८/२३/२०१० मा प्रकाशित ‘मातृभूमिको हितमा दिलोज्यानले डटौं’
(१२६) आधुनिक कथा– आइतबार, ०८/२२/२०१० मा प्रकाशित ‘ठूलो संसारमा बस्ने हामी होचा मान्छेहरू’
(१२७) नाटक– बुधबार, ०८/१८/२०१० मा प्रकाशित ‘राजनेताको खोजी’
(१२८) गजल– बिहीबार, ०८/१२/२०१० मा प्रकाशित ‘विरोधले शोषण रुन्छ हजुर’
(१२९) गजल– सोमबार, ०८/०९/२०१० मा प्रकाशित ‘खाता बन्द भो’
(१३०) लोककथा– बुधबार, ०७/२८/२०१० मा प्रकाशित ‘संसारको सृष्टिको कथा’
(१३१) बालगजल– सोमबार, ०७/२६/२०१० मा प्रकाशित ‘ज्ञानको भोको भएर स्कूल धायौ सधैं’
(१३२) गजल– बुधबार, ०७/२१/२०१० मा प्रकाशित ‘मेरो मिल्ने साथी छ’
(१३३) गजल– शुक्रबार, ०७/१६/२०१० मा प्रकाशित ‘क्रान्तिको शंखघोष सुन्दिने रातलाई सलाम’
(१३४) गजल– सोमबार, ०७/१२/२०१० मा प्रकाशित ‘मन सानो भयो’
(१३५) गजल– सोमबार, ०७/१२/२०१० मा प्रकाशित ‘तराई’
(१३६) गजल– आइतबार, ०७/११/२०१० मा प्रकाशित ‘गरिबी रेखा कटौं हजुर’
(१३७) गजल– आइतबार, ०६/२७/२०१० मा प्रकाशित ‘मुङ्ग्रो भइएछ’
(१३८) गजल– आइतबार, ०६/२७/२०१० मा प्रकाशित ‘कसैलाई भने यहाँ खाने गाँस छैन’
(१३९) गजल– आइतबार, ०६/२७/२०१० मा प्रकाशित ‘देश थुनथान भएछ’
(१४०) गजल– आइतबार, ०६/२७/२०१० मा प्रकाशित ‘कस्तो बगरसरह सुनसान देख्छु’
(१४१) बालगजल– आइतबार, ०६/२७/२०१० मा प्रकाशित ‘जीवन सानो बन्छ भने गर्दिनँ त्यो काम’
(१४२) गजल– बुधबार, ०६/२३/२०१० मा प्रकाशित ‘धनले मन राख्छ भन्ने ठान्यो उसले’
(१४३) बालगजल– बुधबार, ०६/२३/२०१० मा प्रकाशित ‘छुनुमुनु गर्दै टुकुटुकु आऊ बाबू’
(१४४) गजल– सोमबार, ०६/२१/२०१० मा प्रकाशित ‘मान्छे हैन कीरो भयो’
(१४५) गजल– सोमबार, ०६/२१/२०१० मा प्रकाशित ‘ठूलो घात रै’छ’
(१४६) गजल– शनिबार, ०६/१९/२०१० मा प्रकाशित ‘मोहनी शब्द, मोहनी फाटो, मोहनी नै बोली’
(१४७) गजल– सोमबार, ०६/१४/२०१० मा प्रकाशित ‘जताततै आँ मुख हाम उस्तै’
(१४८) व्यक्तित्व समीक्षा– शनिबार, ०६/१२/२०१० मा प्रकाशित ‘फिरन्ते कविका गाउँघर ब्युँझाउँने’
(१४९) पुस्तक/कृतिसमीक्षा– शनिबार, ०६/१२/२०१० मा प्रकाशित ‘‘छापामारकी स्वास्नी’ कथाभित्र लुकेका जनसरोकारका पन्ध्र दृष्टि’
(१५०) पुस्तक/कृतिसमीक्षा– बुधबार, ०६/०९/२०१० मा प्रकाशित ‘‘सूचना टाँस’ कथासंग्रह : एक विवेचना’
(१५१) हाइकु– मङ्गलबार, ०६/०८/२०१० मा प्रकाशित ‘पाँच हाइकु’
(१५२) गजल– शनिबार, ०६/०५/२०१० मा प्रकाशित ‘जताततै फोहोरमैला दुर्गन्ध धेरै फ्यालफ्याल देखियो’
(१५३) राजनैतिक विश्लेषण– मङ्गलबार, ०६/०१/२०१० मा प्रकाशित ‘अन्तिम इच्छा’
(१५४) हाँस्यव्यङ्ग्य– शनिबार, ०५/२९/२०१० मा प्रकाशित ‘मोवाइल महिमा’
(१५५) आध्यात्मिक विश्लेषण– आइतबार, ०५/२३/२०१० मा प्रकाशित ‘जनजागरणको महाकालीदेखि मेचीसम्मको यात्रा…..’
(१५६) गद्य कविता– शनिबार, ०५/२२/२०१० मा प्रकाशित ‘सडक’
(१५७) वर्णनात्मक निबन्ध– बिहीबार, ०५/२०/२०१० मा प्रकाशित ‘समृद्ध नेपाल : हाम्रो गन्तव्य’
(१५८) गद्य कविता– बुधबार, ०५/१२/२०१० मा प्रकाशित ‘छ सय एक आँखा’
(१५९) विश्लेषण/समालोचना– शुक्रबार, ०५/०७/२०१० मा प्रकाशित ‘गगनको ‘क्षितिज पर’मा विचरण गर्दा मनमा उठेका छालहरू’
(१६०) नाटक– सोमबार, ०५/०३/२०१० मा प्रकाशित ‘वादविवाद’
(१६१) नाटक– मङ्गलबार, ०४/२०/२०१० मा प्रकाशित ‘परिकल्पित सङ्घीय राज्यको परिचय’
(१६२) गद्य कविता– सोमबार, ०४/१२/२०१० मा प्रकाशित ‘शुभकामना’
(१६३) राजनैतिक विश्लेषण– बिहीबार, ०४/०१/२०१० मा प्रकाशित ‘आर्थिक क्रान्तिका अभियन्ता भट्टराईलाई अभिवादन’
(१६४) सामाजिक कथा– सोमबार, ०३/२२/२०१० मा प्रकाशित ‘एकता नै आवश्यकता’
(१६५) पुस्तक/कृति समीक्षा– बुधबार, ०३/१७/२०१० मा प्रकाशित ‘राममणिको ‘सूचना टाँस’ले जनतालाई दिएको चेतना’
(१६६) पुस्तक/कृतिसमीक्षा– आइतबार, ०२/२८/२०१० मा प्रकाशित ‘‘क्षितिज पर’लाई राजनैतिक कसीमा घोटेर हेर्दा’
(१६७) नाटक– शुक्रबार, ०७/३१/२००९ मा प्रकाशित ‘युग उचाल्ने अक्षरकर्मीको दु:खद अवसान’
(१६८) भाषा/ साहित्य समीक्षा– बिहीबार, ०७/२३/२००९ मा प्रकाशित ‘लेखकको जन्म पाठकको गर्भबाट’
(१६९) नाटक– शनिबार, ०२/२१/२००९ मा प्रकाशित ‘आधा मेरो : आधा तिम्रो’
(१७०) – बार, ०/०/२०१३ मा प्रकाशित ‘‘
(१७१) शैक्षिक समीक्षा– बार, ०३/१०/२०१३ मा प्रकाशित ‘कक्षा–९ र १० का दुई शैक्षणिक व्याकरणको शल्यक्रिया’
(१७२) नाटक– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘परिवर्तन’
(१७३) बाल–एकाङ्की– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘नाम तिम्रो काम हाम्रो’
(१७४) विचारात्मक निबन्ध– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘युवा आकाङ्क्षा र आजको संसार’
(१७५) व्यक्तित्व समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘जादुमय कलमका योद्धा– कृष्ण सेन र पत्रकारिता’
(१७६) शैक्षिक समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘शिक्षक आन्दोलन वारे शिक्षकलाई पत्र’
(१७७) शैक्षिक समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘अशिक्षामा अल्झेको शैक्षिक नीति’
(१७८) शैक्षिक समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘शिक्षाका कमजोरी र हाम्रो नियति’
(१७९) शैक्षिक समीक्षा – आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘कमजोरी समाजको कि शैक्षिक जगत्को !’
(१८०) आध्यात्मिक विश्लेषण– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘अबुझ संसारबाट ओशो छहारीमा पुग्दासम्मको अनुभूति’
(१८१) आध्यात्मिक विशलेषण– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘वैज्ञानिक तुलोमा….’
(१८२) मैथिली रचना/समीक्षा– आइतबार, ०३/१०/२०१३ मा प्रकाशित ‘मैथिली साहित्यमे ‘भगजोगिनी’क आगमन’
(१८३) गजल– सोमबार, ०३/०४/२०१३ मा प्रकाशित ‘हाँडिफोर यस माटोमा’
(१८४) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘अब त भो’
(१८५) गद्य कविता– शनिबार, ०३/०२/२०१३ मा प्रकाशित ‘शान्तिको खोजी’
(१८६) विचारात्मक निबन्ध– बिहीबार, ०३/१७/२०११ मा प्रकाशित ‘काम पाइयोस्, चाँडै माम भेटियोस्’
लगायत ३०० भन्दा बढी विविध विधाका रचनाहरू मझेरीमा मिति ०७० भदौ ०३ सम्मको सङ्कलनमा प्रकाशित भएका छन् । विगत तीन वर्षदेखि यताका रचना उल्लेख गर्न बाँकी छ ।

सम्मान, पदक, विभूषण, प्रशंसापत्र

(क) काठमाडौंबाट राष्ट्रव्यापी ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’मा पुरस्कृत (रु. ५,०००।– नगद),
(ख) ‘द्वन्द्व निवारण तथा शान्ति निर्माणमा प्रत्यक्ष सहयोग पुग्ने’ लेख लेखे वापत स्थानीय शान्ति समिति, सप्तरीद्वारा पुरस्कृत (रु. २,०००।– नगद सहित प्रमाणपत्र),
(ग) ‘साक्षरता नेपाल’ स्तम्भमा सर्वोत्कृत लेख लेखे वापत रु. १२,५००।– नगदले शिक्षक मासिक पत्रिका, काठमाडौंद्वारा पुरस्कृत
(घ) मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा र विद्यालय अध्यक्ष आशिन मियाँद्वारा शिक्षा, साहित्य, कला तथा संस्कृतिमा उत्कृष्ट योगदान गरेवापत २०७० भाद्रमा सम्मान,
(ङ) रौता–९, मुर्कुची, उदयपुरमा अवस्थित सेर्पा समाज र संस्थाका अध्यक्ष तेजनारायण शेर्पा ‘रञ्जन’द्वारा शिक्षा, साहित्य, कला तथा संस्कृतिमा उत्कृष्ट योगदान गरेवापत २०६९ चैत्रमा सम्मान आदि ।
(च) विश्व नेपाली साहित्य महासंघद्वारा Globa l Federation For Nepali Literature (GFNL) द्वारा २०७२ मा नगदसहित सम्मान ।
(छ) बाह्रौँ अन्तर्राष्ट्रय मैथिली सम्मेलन मुम्मईद्वारा २०७२ सालमा ’मिथिलारत्न’ विभूषणद्वारा विभूषित ।
(ज) भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिद्वारा २०७१ सालमा गोल्ड मेडलसहित ’प्रशस्तिपत्र’ द्वारा विभूषित ।

–नन्दलाल आचार्य
बेलका नगरपालिका– २, गल्फडिया, उदयपुर,
हाल शिक्षक : श्री जनसेवा मा.वि., कर्जन्हा–४, सिरहा ।
मो. नं. ९८४२८२९२०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *