Skip to content

स्मृतिको छायाँचित्र


आज पनि
परेलीहरुमा बास बसिसकेको
समयबाट निथारेर
…थोपा थोपा मन
….थोपा थोपा पानी
मैले तिम्रो स्मृतिको
छायाचित्रमा खसालें

त्यै छायाचित्रबाट उठेर
सल्ला झैं सुसाउँदै तिमी आयौ

चैतमासा खडेरीमा
तिमीसितै म रुझी हिंडें –
वर्षात् भएर

तिमीभन्दा टाढा कतै
पुग्नु थिएन
र त धत् !
आज पनि
प्रेमको खातिर प्रेम
लेखियो- बाटैमा

तिमीलाई छोएर
बग्दै आएको
यी शब्दातित शब्दहरुको
याद्रिच्छित कविता भेटियो – बाटैमा

मेरी प्रिया !
फेरि त्यै स्मृतिको छायाचित्र
कोरियो तिम्रो अनुहारको
खाली पानामा

2 thoughts on “स्मृतिको छायाँचित्र”

Leave a Reply

Your email address will not be published. Required fields are marked *