Skip to content


चोर्ने र दिक्कत दिने जुनि हुन्छ झींगा
ज्यादै सिंगार्न मनको जुनि बाह्रसींगा
अल्छी सुतालु छ अजिंगर नाम चोला
राखेर होश हिंड जन्म खराब होला ।

ठूलो म बन्छु जुन भन्दछ बन्छ हात्ती
घोडा उ बन्छ जुन थिच्दछ दिन्छ लात्ती
खाने छ जो रगत बन्दछ त्यो हुँडार
यै होश राख पछिको जुनि लौ सपार

गन्दा विचारहरूले बनिजान्छ गन्धे
जो दान दिन्न जगमा उ उन्यू छ भन्ने
‘ढुंगो हुने निठुर को दिल बन्छ’ भन्दे
‘चोला सपार् मकन’ कान दिएर सुन्दे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *