Skip to content


शान्ति तिम्रो आँगनमा अमृत जल छरेकी छु
तिम्रै स्वागत गर्छु भनी कलशहरू भरेकी छु

तिम्रो साथ पाउन मैले पीडाभित्र जिउनुपर्यो
धेरै पटक बाधा अड्चन अप्ठ्यारोमा परेकी छु ।

जीवनको गोरेटोमा ठक्कर खाँदै यात्रा गर्दा
तिम्रै निम्ति सङ्घर्षका जङ्घारहरू तरेकी छु ।

जीवन यो राजीखुसी चढाएर तिमीलाई
युगौँसम्म तिम्रो साथ पाउने प्रयास गरेकी छु ।

अन्याय र अत्याचारको विरोध गर्छे ‘जिज्ञासु’ले
नयाँ केही गर्नलाई तिम्रै गाउँमा सरेकी छु ।

– सरस्वती शर्मा ‘जिज्ञासु’
कुश्मा, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *