• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

लोककलाको परम्परागत मौलिकतामा परिवर्तनको प्रभावकारिता

kbs — Sat, 04/25/2009 - 15:36

  • सांस्कृतिक समीक्षा
  • जितबहादुर रायमाझी
  • मधुपर्क २०६६ बैशाख

साधारणतया कलामा मौलिकताको तात्पर्य कुनै पनि कलाकृतिमा स्रष्टाको सिर्जनात्मक प्रतिभा तथा कलात्मक गुणको विशिष्ट पहिचान भन्ने हुन्छ । जसद्वारा अपेक्षित -स्रष्टा र पे्रक्षकले सोचेजस्तो वा चाहेजस्तो) अथवा अनपेक्षित -स्रष्टा वा प्रेक्षकले सोचे वा चाहेभन्दा भिन्न) जुनसुकै रूपको खास प्रभावोत्पादक कलात्मक विलक्षणताको बोध हुन्छ । अर्को शब्दमा कुनै पनि स्रष्टाको आफ्नो कलाको माध्यमले अन्तःस्फूरित भावना, कल्पना वा विचारको अभिव्यक्ति सम्प्रेषण गर्नका लागि प्रतिभाको पहिचान दिन सक्ने जुन विशिष्ट शैलीगत (व्यञ्जना-पद्धतिजन्य) चमत्कार प्रस्तुत गर्दछ जसले दर्शक र श्रोताको हृदय र मस्तिष्कमा स्थायी प्रभाव पार्दछ, त्यसलाई नै मौलिकता अथवा विशिष्ट पहिचानको संज्ञा दिन सकिन्छ ।

समसामयिक अथवा समकालीन कला भन्नाले अरू कलाकार र समीक्षकहरू आधुनिक कलाको परिभाषामा परिभाषित गरेर बोल्छन्-लेख्छन् तर मेरो परिभाषामा वर्तमान समयको अन्तरालमा भन्ने अर्थमा समसामयिक अथवा समकालीन कलाअन्तर्गत बालकला, लोककला, परम्परागत शास्त्रीय कला र आधुनिक कलाका सबै विधालाई मान्नुपर्छ । हुन त नेपालका आधुनिक कलालाई समसामयिक अथवा समकालीन भन्नुले नै पाश्चात्य आधुनिक कलाको अनुकरण भएकोले खास मौलिक नेपाली परम्परागत लोककला र शास्त्रीय कला जस्तै परम्परागत नै भइसकेको छ । यद्यपि यसमा प्रवृत्ति, प्रविधि र शैलीको भिन्नताले मौलिकतामा पनि भिन्नताहरू छन् । त्यसर्थ मौलिकताको सामान्य वर्गीकरण नेपाली कलामा दुई प्रकारले गर्न सकिन्छ ।

समष्ठिगत शैली र वैयक्तिक शैली । समष्ठिगत शैलीलाई सामूहिक शैली भन्न सकिन्छ । सामूहिक शैलीलाई पनि वर्गीकरण गर्दा एउटा शास्त्रीय र अर्को लोककला गर्न सकिन्छ । शास्त्रीय कलालाई वर्गीकरण गर्ने हो भने नेपालकै कलाको सन्दर्भमा बौद्धकलाः -१) पौभा र -२) थाङ्का -३), हिन्दू र -४) बङ्गाल शैलीहरूलाई लिन सकिन्छ । जसको आ-आफ्नै मौलिक पहिचानहरू छन् ।

त्यसैगरी लोककलालाई लिनुपर्दा राष्ट्रिय मौलिक पहिचान दिने क्षेत्रीय र जातीय कलाहरू छन् । जस्तै-मिथिला लोक चित्रकला, कणर्ाली लोक चित्रकला, थारू लोककला, किराँत लोककला । यी धेर-थोर लोकपि्रय कलाहरू हुन् । अरू पनि धेरै जात-जातिका लोककलाहरू छन् । ओझेलमा परेका, लुप्त भएका जसलाई शोधखोज गरेर भाषा र संस्कृति जस्तै प्रकाशमा ल्याउनु र संरक्षण गर्नु आवश्यक छ । भर्खरै केही कलाकारद्वारा जराबुटाकला प्रदर्शनीका माध्यमले प्रचारमा आएको छ । त्यो उहाँको मौलिक खोज र आविष्कारको महìवपूर्ण उपलब्धि हो ।

त्यस्तै बालकला, व्यङ्ग्यकलाहरूको आ-आफ्नै मौलिकता छ । जसको संरक्षण-सम्बर्द्धन, विकास र विस्तारका साथै विविध पक्षबाट महìव अभिवृद्धि गर्न राज्यले राष्ट्रिय नीति-निर्माण गरी संस्थागत व्यवस्थापन गर्नु आवश्यक छ ।

यसरी हामीले परम्परागत (लोककला र शास्त्रीय) कलालाई उत्तराधिकारी परम्पराबाट प्रचलित हुँदै आएकोले सामूहिक शैली र आधुनिक कलालाई वैयक्तिक शैलीका रूपमा पहिचान गरेका छौं किनभने शास्त्रीय कलाको सिर्जना कुनै गुरु-परम्परा र लोककला वंश-परम्परा तथा सामाजिक- परम्पराको अनुसार शास्त्रीय-पद्धति र स्वतन्त्र-पद्धतिबाट सिर्जना हुँदै आएको हुनाले तिनका विषयवस्तु र विधान पनि परम्परागत नै हुन्छन् । आधुनिक कलाको प्रवृत्ति चाहिँ लोककलासमेतको तुलनामा पूर्णतः स्वतन्त्र हुनाले कुनै प्रकारको नियममा प्रतिबन्धित नभएर कलाकारको स्वच्छन्द भावमा कल्पना, खोज र स्वतःस्फूर्त कुनै पनि प्रकारले जे पनि सिर्जना गर्न सक्छन् । त्यसैले आधुनिक कलामा जो मौलिकताहरू देखिन्छन् ती वैयक्तिक प्रतिभा विशेषका उपजका रूपमा स्पष्टतः विलक्षण पहिचानहरू बनेर उजागर भएका हुन्छन् । जब कि लोककला र शास्त्रीय-कलामा आ-आफ्नै मौलिकता भए पनि आ-आफ्नै समष्ठिगत शैलीजन्य पहिचानको द्योतक हुन्छ । यसको अर्थ लोककलामा, बालकलामा जुन विलक्षणता वा विशिष्ठता अन्य कलाहरूका तुलनामा भिन्न हुन्छन्, तिनमा कुनै कलाकार विशेषका प्रतिभाहरूको पहिचान दिने उत्कृष्ट सिर्जनात्मक उपलब्धि र योगदान हुँदैनन् भन्न सकिन्न । यथार्थमा अन्य कला क्षेत्रमा जस्तै लोककला र बालकला पनि सिर्जनात्मक विधाहरू भएकाले तिनमा जो पहिचान दिने विशिष्ट गुणहरू हुन्छन्, मूलरूपमा प्रतिभा विशेषका विशिष्ट आविष्कारहरू नै मौलिकता बनेर चिनिन्छन् तर जब बहुसङ्ख्यक सामान्य कलाकारहरूले कुनै शैली विशेषको अनुशरण गरेर सामान्यीकरण भइदिन्छ । त्यसैबाट रुढ परम्परा कायम भएर लोककलाको सामूहिक अथवा सामान्य लोकशैलीको रूपमा लोकप्रचलित भइरहन्छ । यसरी उक्त कला-परम्परा अनुकरणात्मक उत्तराधिकारी पद्धतिमा प्रचलित भइरहन्छ भने शास्त्रीय-कला चाहिँ गुरु निर्देशित शास्त्रीय-पद्धतिमा चलिरहेको हुन्छ । त्यसै हुनाले लोक परम्परागत कला होस् वा शास्त्रीय परम्परागत कला होस्, ऐतिहासिक महìवको भए पनि, सांस्कृतिक महìवको भए पनि कुन कलाकारको सिर्जनात्मक शैली विषेश हो भन्न सकिने आधार हुँदैन ।

१४औँ शताब्दीका नेपालका अरनिकोजस्ता बहुप्रतिभाशाली कलाकारका वास्तु, मूर्ति र चित्रकारको विषयमा भन्नुपर्दा नेपालमा उनले बनाएर छोडेका प्यागोडा मन्दिर, विहार, मूर्ति, चित्र र चैत्य कुन-कुन हुन् भनेर प्रमाणित गरी चिन्न-चिनाउन सकिँदैन । चीनमा गएर कीर्तिमान कायम भएकाले नेपालको इहिासमा नाम अङ्कति राष्ट्रिय विभूति घोषित नेपाली कलाकार अपवाद हुन् । उनैसित तिब्बत जाने तत्कालीन ७९ जना अन्य कलाकारहरूको नाम-कीर्ति कहाँ हरायो ? खै राष्ट्रिय सम्मान तिनीहरूलाई ? 'काम गर्ने कालु, मकै खाने भालु ?' सिर्जना कलाकारहरूको, कीर्तिको इतिहास राजा र सामन्तहरूको ? नेपालमा मात्र होइन भारतको कलाको इतिहासमा पनि मुगल दरबारी शैलीका इरानी र हिन्दू कलाकारहरू, राजपूत -राजस्थानी), काँगडा पहाडी, बुंदेलखण्ड आदि र कम्पनी शैलीका केही कलाकारहरूको नामहरू अङ्कति पाइए पनि अधिकांश कलाकारहरूका नाम गुमनाम नै छन् ।

अझ (ई.पू.६-५औं शताब्दी) देखि पाल कालसम्म (ई.११औँ शताबदी)का भारतीय कला र मिथिलाको पुनरुत्थानकाल (ई.११-१८औँ शताब्दी)का मात्र नभै २०औँ शताब्दीका कालाकारकै समकालीन र अघिकारहरूका नाम इतिहासमा पाइँदैनन् । जसले अजन्ता, एलोरा, एलिफेण्टा जस्तै उत्तरप्रदेश, मध्य प्रदेश, दक्षिण भारतका गुफा, उडिसा, बङ्गाल, मथुरा, सारनाथ, शैव तथा शाक्त मन्दिर, मूर्ति, चैत्य, विहार, भित्तीचित्र, फलक चित्र, पटचित्र तथा ग्रन्थचित्रकलाको समृद्धिमा महान् योगदान दिएका थिए । जसले कला, इतिहासका विभिन्न कालखण्डहरूमा विभिन्न शैलीहरूको विकास गर्न मद्दत पुर्‍याएका थिए । शास्त्रीय कलामा पनि विभिन्न ऐतिहासिककालीन विभिन्न राजवंशहरूको प्रश्रय, प्रोत्साहन र संरक्षणमा निर्माण भएका वास्तु, मूर्ति चित्रकलाहरूका शैलीहरूका भिन्नताहरू स्पष्ट पाइन्छन् । भिन्न-भिन्न शासकहरूका पालामा मात्र होइन दीर्घकालीन शासन गर्ने शासकवंशका भिन्न पुस्ताका शासकहरू समेतका पालाका कलाहरूमा शैलीगत, विषयगत, प्राविधिक र दार्शनिक हरेक दृष्टिले भिन्न ऐतिहासिककालीन भिन्न विशेषताहरू पहिचान गर्न सकिन्छ ।

त्यस्तै लोककलाको क्षेत्रमा तात्विकरूपले हेर्ने हो भने अन्य कलाको तुलनामा लोककला हो भनेर पहिचान गर्ने मौलिक विशेषताहरू पाइए पनि जातीय, क्षेत्रीय, प्रभाव र कलाकारको प्रतिभा विशेषको मौलिक भिन्नता स्पष्ट देख्न र जान्न पाइन्छ । यस्ता समानता र भिन्नता भारतीय र नेपाली लोककलामा हेर्ने हो भने दुवै देशका सीमावर्ती क्षेत्र र जातिका लोककलाहरूमा देख्न र अध्ययन गर्न सकिन्छ ।

समकालीन मिथिला लोकचित्रकलाले व्यावसायिक महìव पाएपछि मूलरूपमा जुन मौलिकताको विकास भएको छ, त्यसले व्यवसायी कलाकारहरूको शैलीमा भिन्नता पाइन्छ । अर्थात् त्यही व्यावसायिकताले गर्दा खास-खास केन्द्रहरूको शैली र ती केन्द्रहरूकै कलाकारहरूको वैयक्तिक शैलीको समेत विकास सम्भव भएको छ । प्राचीन शुंगकला शैली, गुप्तकला शैली, पाल शैली र जैन अथवा अपभ्रंश शैली आदि र लोककलामा मिथिला लोककला, थारू लोककला, कणर्ाली लोककला, राजस्थानी लोककला, हिमाचल लोककला, पश्चिम बङ्गाली लोककला, कुमाऊ लोककला, विहारी लोककला, गुजरात लोककला, महाराष्ट्र लोककला, मध्यप्रदेश लोककला मूलरूपमा उल्लेखनीय छन् । व्यावसायिकरूपमा विकसित मिथिलाका क्षेत्रीय लोककला शैली मधुवनी, धनुषा, पूर्वमिथिला कौशिकी शैली र पश्चिमी मिथिला गण्डक शैली उल्लेखनीय छन् । अब लोककला सामूहिक शैलीमै सीमित रहिरहन सक्तैन । आधुनिक प्रयोगवादी कला क्षेत्रमा जस्तै कलाकारको प्रतिभा विशेषको मौलिक शैलीको प्रयोगात्मक आविष्कार पनि सुरु भइसकेको छ । जुन कलाको सिर्जनात्मक भाव-व्यञ्जनाका शैलीगत विलक्षणता सहज र प्रभावकारी मात्र नभई असहज-प्रभावकारी पनि देख्न थालिएको छ । कलामा प्रभावकारिता कलात्मक गुणका कारण उत्पन्न हुन्छ । लोककलाको प्रभाव दर्शकहरूमा एक समान पर्दै आउनुमा रुढ-परम्परा र मूल्य-मान्यतामा आधारित थियो । मूलरूपमा अब आधुनिक प्रवृत्तिका कारण सिर्जनशीलतामा परिवर्तन जसरी प्रारम्भ भएको छ, त्यसैगरी दर्शकमा पनि आकर्षण उल्टारूपमा पनि आलोचनात्मक ढङ्गले पर्न थालेको छ । यसले लोककलाको प्रभाव शक्तिको प्रामाणिकता सिद्ध गरेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 187
  • 2303 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    2 days 23 hours ago
  • सानो आग्रह गरे है सर
    3 days 18 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 1 day ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 1 day ago
  • appreciate
    5 weeks 1 day ago
  • आभार
    5 weeks 1 day ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 4 days ago
  • आभार प्रकट गरे
    5 weeks 6 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 6 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 15 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • आँखाले आँखा पो हेरेथेँ
  • प्रेम यौटा नाटक रै’छ
  • सीमा नाघेपछि
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • कल्पनाको गगन
  • जस्तो सुकै परे पनि
  • गज़ल
  • मेरी आमा बाटोमा आखा लाउदी हुन्
  • धेरै दिन भो तिम्रो झझल्को
  • केही मुक्तक
  • गीति कविता
  • दसगजा
  • अलबिदा रवीन्द्र दाइ
  • पछि लागियो उस्कै नाममा
  • सपनीका मिलनहरू विपनीमा पाउने भए
  • ज्ञानको ज्योति फेरी देशमा
  • सरस्वती बन्दना
  • गुरुको महिमा अपरम्पार
  • अन्तरमा अगतिशील चिन्तन
  • एकांकी ०३ - दर्द
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • कागभन्दा कोइली चलाख
  • सरकारसँग अनुरोध
  • जुडल सिनेहिया (कविता)
  • जन्मदिनको शुभकामना तिमीलाई
  • घट्नेछ आरोग्यता
  • हेर्दा हेर्दै (मधुपर्क २०६८ पुस)
  • ‎ढकमक्क फूल फुलेको डाली
  • सद्गुरु ओशो साहित्यकार पुन्य कार्की
  • बुद्धको अन्तिम खाना
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित