Skip to content

प्रेम त एकबार हो


प्रेम त एकबार हो बारबार कहाँ हुँदो रैछ ?
तर मन मिल्नेसँग घरबार कहाँ हुँदो रैछ ?

भन्न त भन्छन् सबैले महलमा सजाउँछु
तर सबैको दिलमा दरबार कहाँ हुँदो रैछ ?

ऊ राजा होस् मेरो दिलको भनी पुकार्थें
तर सधैं हाम्रै मात्रै सरकार कहाँ हुँदो रैछ ?

उसको सधैं जित होस् भनी म त हारिरहें
तर मेरो जस्तै उसको विचार कहाँ हुँदो रैछ ?

प्रेम त एक बार हो बारबार कहाँ हुँदो रैछ ?

-क्षेत्री अजित

1 thought on “प्रेम त एकबार हो”

  1. उत्कृष्ट गजल
    साहित्यकार क्षेत्री अजितको रचना लामो समयपछि पढ्न पाइयो । उहाँको शब्दमा जादु छ । निरन्तर पढ्न पाइयोस् । गजल उत्कृष्ट र यथार्थपरक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *