Skip to content


जनता लड्ने सडकमा देश बचाउने तडपमा
मन्त्री बस्ने सत्तामा, देश बिगार्ने नशामा
चिन्ता छैन मन्त्रीलाई देश बिग्रेर गएमा
चिन्ता छैन जनता भोका नाङ्गा भएका

देश लुट्ने छ अर्काले बिग्रेको नारा चर्काले
मौका हेरी बसेका छन् लैजाने छन् अर्काले
लड्ने मर्ने जनता भए, झन् बिग्रेर देश गयो
सारा शहीदको सपना कता गयो ?
देश बिग्रेर रित्तो कुच्चिएको भाँडो भयो ।।

अविरल रुन्छिन् नेपाल आमा फुलाउँछु भन्ने कहाँ गए ?
ती त सबै नेपाल आमा रुवाई भ्रष्ट्रचारी नेता भए ।
सबैलाई कुर्सी मोह नेताबीच भयो तानातान
अबुझ जनता आफैँ गर्न थाले हानाहान ।

जनताको इच्छा कुल्ची माथि जाने बानी भयो
जनताको सबै हाँसो खुसी अविरल बग्ने पानी भयो

मानवता र नैतिकता त कता गयो ?
शक्ति र बलमो बडवा भयो
जनता मार्नेले तक्मा पायो,
बचाउन खोज्नेले लाठी खायो ।

भन्ने गर्थे लोकतन्त्र आयो
जनतामा भोकमरी र महङ्गी ल्यायो ।
यही होला लोकतन्त्र त्यसैमा त मारामार ल्यायो
बाहिर बाहिर भन्ने गर्छन् देश बचाऊ ।
भित्रभित्र भुसमा झैँ आगो लगाऊ
जनता जनता जुटाऊ सत्ता मोह बचाऊ
जनताको रगत बगाऊ, आफ्नो झोली भराऊ
जनताको झुप्रो लडाऊ, आफ्नो महल बनाऊ ।।

सुप्रिम पाण्डे
कक्षा – ८
ज्योति एकेडेमी सितापाइला, काठमाडौं

ज्योति एकेडेमीमा भएको कविता प्रतियोगितामा वाचन भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *