Skip to content

दुई मुक्तक (खेती गर्दा, चाकडी)


खेती गर्दा

खेती गर्दा अन्न मिल्छ काम गरे दाम
अकर्मी त भोकै बस्छ रुन्छ दिवासाम
मन्दिर मस्जिद हिड्नु सन्तोषको लागि
ढुक्क भई कर्म गर्यौं अघि आउँछन् राम ।

चाकडी

चाकडी र चापलुसी त सबै मन पराउँछन्
भगवानलाई खुसी पार्न सबै दाम चढाउँछन्
मौन बस्छन् भगवान जस्ले जहाँ जेजे गरे पनि
कमजोर मान्छे मूर्तिसामु आँसु झराउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *