Skip to content

न्यायको उज्यालो आफैंले छेक्यौ कि?


न्यायको उज्यालो आफैंले छेक्यौ कि?
कसैको दबाबमा निर्णय लेख्यौ कि?

छुट्टयाउने अधिकार तिमीलाई मात्र छ
गलत कुरालाई सही पो देख्यौ कि?

इन्साफको तराजु समाउने तिमीले
तल र माथि पारेर जोख्यौ कि?

पैसाले न्याय खोज्दैछन् किन्न
प्रभावमा परी उसैलाई बोक्यौ कि?

सत्यकै जित हुन्छ भन्थे सबैले
साछीलाई बोल्न नदिई रोक्यौ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *