शिक्षिका राधिका पल्लोगाऊँको प्रशासकीय अधिकृत, रमेशसँग विवाह भएपछि राधाम्याम कहलाइन् तर श्रीमान कर, भन्सार, मालपोत, आन्तरिक राजश्वजस्ता कमाऊ अड्डामा जागिरे भै शहरमा वंगला, गाडीसहित कुश्त कमाए पछि शिक्षिकाबाट राजीनामा दिएर राधिका गाऊँदेखी शहरका महिला समूह, जमघट, ढिकुटी, जुवातास, सेकुवा, रक्सीसित भोजहरुमा सरिक हुँदै गइन् ; कारण पैसाको खोलो वगाउन सक्ने हैसियत देखिन्थ्यो । यो हैसियत बढेर उनी सरकारी सचिवको अर्धाङ्गिनी, एयरलायन्स तथा हाईड्रोपावरकी हिस्सेदार र उद्योगपतिसम्म बन्न पुगिन् ।
देश स्थानीय चुनवमा होमिएपछि सम्पन्न र शिक्षित नारी भएकाले राधिकालाई सबै पार्टीबाट चुनावको टिकट लिएर उठिदिन कर गरेकाले रोजेर शान्दार र माहौल अनुसार नारा उचाल्ने पार्टीको टिकट हात पारिन् । पैसाको लगानीका कारण उनले जितिन् र नेपालको पहिलो महिला मेयरको पदहात पारिन् पनि ।
मेएर बन्नुअघि र मेएर बनेपछि उन्का नारी हकहित र समानताका नारा जोड्ले उचालिए सुनिए र प्रयोग भए । उनले पहिलो वैठकबाट आगामी तीजको लागि नगरपालिकाका तीसवटै वडामा एक करोडका दरले क्रमश दर कार्यक्रम राख्ने गरी वजेट विनियोजन तथा पत्राचार गराइन् । महिनादिन अघिदेखी सर्कारी वजेटबाट रक्सीका वोत्तलहरू खोलिए, मासुका सपेटा चपाइए । पोईल जान पाम देखी छात्ती गिलोगिलो भन्ने छाडा गीतहरू घन्के । नगर विकासको ठूलो रकम स्वाहा भयो । यसै बीचमा सडकका खाल्डामा स्कुले नानीहरू परेको मरेको र सवारी दुर्घटनाका अप्रिय समाचारहरू आइरहे ।
महिलाको महान चाड तीज आयो । राधाम्याम दिनभर निराहार बसिन्, अति भोजनलाई निस्तेज गर्नु छँदैथियो । वेलुकी साँझमा शिवपूजन गरेर रमेशको खुट्टा पखाल्न उनी चाँदीको करुवा लिएर गइन् । खुट्टा पखाल्दै गर्दा नोकर्नी श्यामकली कोठामा छिरिन् । उनलाई तमाशा देखेर असह्य भयो र चिच्याइन् । “खबरदार सोझासाझा नेपाली चेलीलाई नारी समानता र स्वतन्त्रताको झुट्टा तथा फोस्रा नारा दिन पाइन्न । यो हर्कत सुहाउन्न राधाम्याम” …….?
नजिकै दराजमा रहेको पेस्तोल कुनवेला चल्यो पत्तै भएन । त्यहाँ परिचय नखुलेकी यौटी परित्यक्ता नारीको सुकोमल शरीर, सम्पन्न नारी तथा जनप्रतिनिधिका खुनी हातबाट मारिएको थियो । श्यामकलीका मृत आँखाहरू अँझै भनिरहेका थिए । वाह नारी समानता वा नारी स्वतन्त्रता………. ??