Skip to content

चाहन्छ मुटुले


चाहन्छ मुटुले तिमीलाई आफ्नो बनाउन
भन के के गर्नुपर्छ तिम्रो त्यो हात समाउन

मन छ मलाई, चाहन्छु सँगै दुख सुख बाँड्ने
भन के के गर्नुपर्छ तिम्रो खुशीमा रमाउन

भावना बुझेर आयौ तिमी झरीमा रूझेर
भन के के गर्नुपर्छ तिम्रो मायामा हराउन

जूनेली रातमा तिम्रो तस्बीरको साथमा
निदाएर सपनीमा म त थालेछु कराउन

आँखामा तिम्रै चित्र तिमी नै छौ मुटुभित्र
चाहेको यो मनले तिमीलाई मन पराउन

लाक्पा शेर्पा समर्पित, काठमान्डौ
हालः लालझाडी गाउँपालिका कञ्चनपुर
कार्यक्षेत्रः धनगडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *