Skip to content

पर्खिएरै बसेकाे छु


पर्खिएरै बसेको छु कुनै दिन आउली
पर्खिंदाको व्यथा उसले पनि थाहा पाउली

कोही साथी सँगी आज कता हो हरायो
उसको याद मेरो मन भरि भरि आयो
कुनै दिन आई उसले मेरो गीत गाउली
पर्खिंदाको व्यथा उसले पनि थाहा पाउली ।।

जिन्दगीको गोरेटो यो कतै देखिएन
विशादको कथा बाहेक केही लेखिएन
हतासको जिन्दगानी लिई कतै धाउली
पर्खिंदाको व्यथा उस्ले पनि थाहा पाउली ।।

किन किन भए पनि शून्य जस्तो लाग्छ
मेरै लागि मेरै मनले किन माया माग्छ
आज किन कराएको वन पाखा ल्याउली
पर्खिंदाको व्यथा उस्ले पनि थाहा पाउली ।।

पर्खिएरै बसेको छु कुनै दिन आउली
पर्खिंदाको व्यथा उसले पनि थाहा पाउली ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *