Skip to content

यो सालको तीजमा


के छ विचार ? भन प्यारी, यो सालको तीजमा
गर्दै छौ त के तयारी ? यो सालको तीजमा

व्रत, पूजा राखी हौली, बाधा अड्चन हर्न
देवीदेउता खुशी पारी, यो सालको तीजमा

मेरी सानु कति राम्री, देखिन्छ्यौ खै कुन्नि
सिन्दुर पोते, लाई सारी यो सालको तीजमा

भित्री मनमा गुम्सिएका, पिडा पन्छाएर
दु:ख पिरलाई लाउनु आरी, यो सालको तीजमा

जे माग्ने छौ त्यही दीन, सम्भव भयो भने
ल्याइदिनेछु तारा झारी, यो सालको तीजमा

रमाउने छौ मिली-जुली, आउने महान चाडमा
एकजुट् भई नर र नारी यो सालको तीजमा

सर्जक- एच एल गौतम
(अर्घाखाची) खनदह3
हाल- भारत।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *