Skip to content

मेरो सासमा तिम्रो मिलन


मेरो सासमा तिम्रो मिलनको आश अँझै बाँकी छ
मेरो मुटुमा मधुमासको विश्वास अँझै बाँकी छ

भुल्न सकिन्छ कसरी धराकास मिलनको रात
जिन्दगीमा तिम्रो अँगालोको आभास अँझै बाँकी छ

सागरमा डुबेर नै बित्यो सारा जिन्दगी जब
मरूभूमीय अतृप्तिको एहसास अँझै बाँकी छ

आज भोलि मौसम खराब छ ए मेरो दु:खी मन
उनको र मेरो सुवासित मधुमास अँझै बाँकी छ

तिम्रो नाम लिएर बाँचेको छु हरेक धड्कन
यो ओठमा तिम्रो अधरको सुवास अँझै बाँकी छ

कति पीडा, कति हुर्मत तिरस्कार सहनु पर्यो
फेरि पनि जिउँदोछु भन्ने कटुमास अँझै बाँकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *