Skip to content


भन धरहरा
तिमी कता हरायौ
मसित डरायौ कि
अन्त कतै मन परायौ ?
भन कता हरायौ ?

बाले सानोमा
तिमीलाई देखाउन ल्याउदा
साच्चै तिमीलाई कति मन पराएकोथे
आज लक्का जवान भएर
तिमीलाई भेट्न आउँदा
खै तिमी त कता कता गायब भयौ
के सिता जस्तै जमिन फाटेर
तिमी पनि अलप भयौ ?

मैले त रामले जस्तो
अग्नि परीक्षा गर्छु भनेको थिएन
पान्डपले जस्तो तिमीलाई
क्यासिनो हार्छु पनि भनेको होइन
भन धरहरा तिमी कता हरायौ ?

रावनले जस्तो
गब्बर सिंहले अपहरण गरी लग्यो कि
अरु कसैले लग्यो ?

अहिले त इन्टरनेटको जमाना छ
के फेसबूकको मेरो वालमा लेखी देऊ
न भए टवीटरमा टवीट गरी देऊ
मैले तिमीलाई कहाँ कहाँ खोजिन
पुलिसलाई उजुरी गरे,खोज्न सक्दैन भने
सरकारलाई गुहार मागे खोजी दिन्छौ भने
तर वर्षौ नाघी सक्यो
फेरि घचघचाउन जादा अनबिज्ञ पो बने
कहिले खोज्न नक्सा बनाउदैछौ भन्छन
कहिले तिमीलाई ल्याउन
बजेट जुटाउदैछौ भन्छन
धरहरा
मलाई तिम्रो काधमा चढेर
एक पटक राजधानी हेर्न मन छ
तर भनी देऊ त सरकार
यो धरहरा अब कहिले बन्छ ?

सानोमा आएको बेला
बाले हो कि सरकारले
चढ्छु चढछुभन्दा पनि चढ्न दिएनन
बिदेशीले खोजी दिन्छुभन्दा नि रे
खै कले फाइल अगाडि बढ्न दिएनन
धरहरा
तिम्रो काधमा चढ्ने मेरो सपना
अब सपना जस्तै होला जस्तो छ
जति हारगुहार गरे पनि सरकारलाई
यो कुराले नछोला जस्तो छ
अब यहाँ पनि अनसन बस्न
डा गोविन्दलाई गुहार्नु पो पर्ला जस्तो छ
अनि मात्र यो सरकारलेकै गर्ला जस्तो छ ।

प्रेम ओली ढकलपुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *