Skip to content

जिन्दगी के रहेछ ?

जिन्दगी के रहेछ भनेर खोज्दैछु ।
हाँस्नेलाई त के सोध्नु र ? रुनेलाई सोध्दैछु ।

वीरहरुको अमर गाथा खोसिएको छ रे !
गरीबहरुको रगत पसिना शोषिएको छ रे !
न्याय के रहेछ भनेर खोज्दैछु ।
महललाई त के सोध्नु र ? झुप्रालाई सोध्दैछु ।
जिन्दगी के रहेछ भनेर खोज्दैछु

भीर समाई कयौँ बटुवा हिँड्छन् ।
गोरेटो भत्काई सडकमा अगुवा कुद्छन् ।
सबैको बाटो कहाँ रहेछ भनेर खोज्दैछु ।
उड्नेलाई त के सोध्नु र हिँड्नेलाई सोध्दैछु ।
जिन्दगी के रहेछ भनेर खोज्दैछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *