Skip to content

वर्षा हुन्छ रे (सेदोका)


वर्षा हुन्छ रे
बाढी नि आउँछ रे
पहिरो नि जान्छ रे
के हुन्छ बाबा
दैवको यो लिला रे
कस्ले हर्छ दुःख यो ?

स्कुल जान्न बा
त्यो बाटो धुलाम्मे छ
सास फेर्नै गाह्रो छ
पढ्न त पढ्छु
नेटबाटै म पढ्छु
साथीसंगी नि भेट्छु ।

म जाने स्कुल
बाटो काट्नै मुस्किल
हिड्न नि साह्रै गाह्रो
कोठामा बस्दा
त्यहाँ पानी चुहिन्छ
ठूल्लै हल्ला सुनिन्छ ।

२०७४।४।२९
–राम शरण महर्जन
कीर्तिपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *