Skip to content

तिम्रो आँसु बन्यो कि भेल

तिम्रो आँसु बन्यो कि भेल
म्याग्दी खोला बढ्दैछ साल साल ।

धवलागिरि तिमीसित रुँदै पग्लियो कि ?
नारच्याङ भीर तिम्लाई छेक्न अझै अग्लियो कि ?
बताउ के छ तिम्रो चाल
चोट खाई भयौ कि घायल ?

निलगिरि अन्नपूर्णा किन निहुरिए ?
तिम्रो लागि फुल्ने गुराँस कल्ले सिउरिए ?
दाना गल्छी गडी गण्डकीलाई शूल
रोई मात्र गर्‍यौ कि झन् भूल ?

दरबाङ दुख्दा बेनी रोयो गलेश्वर झस्क्यो ।
दाजुभाइ बिदेसिँदा तिम्रो मुटु चस्क्यो ।
परदेशीको के छ हाल
घरमा आमा रोएर बेहाल ।

तिम्रो आँसु बन्यो कि भेल
म्याग्दी खोला बढ्दैछ साल साल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *