Skip to content

म हुरीमा दियो जलेको देख्छु


म हुरीमा दियो जलेको देख्छु,
म पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, इमान हरायो
मायाले माया नै छलेको देख्छु

मुना मरेकी मदनका कुरा,
यहाँ साँचो पिरती सबै अधुरा
एउटाको सिन्दूर अर्कैको चुरा
मुखैमा राम राम कोखैमा छुरा

म आगोमा प्रल्हाद जलेको देख्छु
पूर्वैमा सूर्य ढलेको देख्छु
म पागल भएँ कि यहाँ, इमान हरायो
सीताले राम नै छलेको देख्छु

मन भित्र मान्छे खै पस्छ कसरी ?
मुटु भित्रै छ भन्छन् खै बस्छ कसरी?
आफै बसेको त्यो कोमल मुटुमा
धारिलो छुरा खै धस्छ कसरी ?

म त्रिशुली पूलको बगेको देख्छु
ईश्वरको शक्ति डगेको देख्छु
म पागल भएँ कि यहाँ इमान हरायो
आमाले सन्तान ठगेको देख्छु

म हुरीमा दियो जलेको देख्छु ……………….

शब्द : रमेश बीजी
स्वर : रामकृष्ण ढकाल
संगीत: राजेश थापा

1 thought on “म हुरीमा दियो जलेको देख्छु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *