Skip to content

तीन मुक्तक (मुटुमा सजाएर राखेको)


मुक्तक १
मुटुमा सजाएर राखेको एकजना खास थियो
अँझै लाग्छ ऊ हर समय मेरै आस पास थियो
मैले उसलाई कहिल्यै महलको सपना देखाइन
त्यसैले हाम्रो माथि यौटा खुल्ला आकाश थियो

मुक्तक २
अँझै पनि उही कुटो कोदाली खेत बारीमा छन्
मेरी आमा हिजोकै च्यातिएको साडीमा छन्
छोरो परदेश पसेकै कैयौ वर्षा बितिसकेछ
र पनि बा आमा साहुकै ऋणको भारीमा छन्

मुक्तक ३
मैले धेरै सिकेको छु त्यो पत्थरबाट
महलमा हुर्किन्छ मान्छे बिलाउँछ बगरबाट
यो दुनिया बदल्छु भनेर कलम कापी बोकेर हिने
तर बदल्न सकिन आज चक डस्टरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *