Skip to content

माया भनी किन दियौ जहर


मनसँगै जले सबै रहर
माया भनी किन दियौ जहर ।

मेरो माया घाती होला सोचिनँ
आँसु झरी छाती पोल्ला सोचिनँ
दिन रात कति भोगूँ कहर
माया भनी किन दियौ जहर ।

मुटु रेटी रमाउला सोचिनँ
बाटो मेटी हराउला सोचिनँ
छोडी गयौ आज दूर सहर
माया भनी किन दियौ जहर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *